इटहरीः भोजपुरको हतुवागढी– ५ होम्ताङमा भएको टेम्पो दुर्घटनामा १ जना बालिकाको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो आज दिउँसो १ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । सो घटनमा परी घाइते भएकी हतुवागढी – ४ का मिलन राईकी ८ वर्षीया छोरी गुराँस राईको उपचारको क्रममा मृत्यु भएको थियो ।

सो घटनामा परी मिलन राईकै ४ वर्षीया छोरी ऋतु राई र २४ वर्षीय विजय राई गम्भीर घाइते भएका छन् । सोही स्थानका डम्बरबहादुर राईकी छोरी २१ वर्षीया टीका राई र १२ वर्षीया अनिम राई सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।