इटहरीः नेपाल भ्रमणको लागि आउने चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागतका लागि भदौ २६ गते आइतबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रि परिषदको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चिनियाँ राष्ट्रपति २ दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गर्ने गरेको छ । सोही अनुसार उनी भ्रमण सकेर उनी स्वदेश फिर्ता हुने दिन नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।