इटहरीः हाल संयुक्त अधिराज्य (युके)मा बसोबास गर्ने तेह्रथुमेलिहरुले तेह्रथुमका बहुप्रतिभाशाली बाल गायक केहरसिंह लिम्बुलाई आर्थिक सहयोग गरेका छन् । तेह्रथुम युके समाज नामक संस्थाबाट बाल प्रतिभा लिम्बुलाई १ लाख ९७ हजार ८० रुपैयाँ प्रदान गरिएको छ ।

kesarsingh lkimbu jirikhimti tehrathum pradeshportal.com

आज धरानको हाङ्कुक सारोङ रेस्टुरेन्टमा एक समारोहको आयोजना गरी गायक लिम्बुलाई उक्त सहयोग प्रदान गरिएको समाजले बताएको छ । डम्मर सिङ्गक सिङ्गक अध्यक्ष, मिलन गुरुङ सहकोषाध्यक्ष  र जय मादेम्बा सचिव भएको तेह्रथुम युके समाजले बालगायक लिम्बुलाई उक्त सहयोग दिएको सहयोगको समन्वय गर्ने प्रसिद्ध गीतकार मीना सिङ्गकले जानकारी दिइन ।

सहयोग पाएपछि उत्साहित बनेका गायक केहरसिंह लिम्बुले संस्था र पदाधिकारीहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो सहयोगले अत्यन्तै ठुलो सहयोग र ऊर्जा मिलेको छ ।’

केहरसिंह लिम्बु तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा पर्ने जिरिखिम्ती बजारका बालगायक हुन । उनी चर्चित युट्युबर भाग्य न्यौपानेले पहिलोपटक युट्युबमार्फत सार्वजनिक गरेका बहुप्रतिभाशाली बालगायक हुन । लिम्बु पछिल्लो समयमा धेरै कार्यक्रमहरू तथा अन्तर्वार्ताहरूमा व्यस्त बन्न थालेका छन् ।

गीतकार मीना सिङ्गक गायक केहरसिंहले राम्रो सङ्गीतको ज्ञान समयमै पाएमा झन् उचाहि प्राप्त गर्न सक्ने भन्दै सहयोग आएको बताइन । उनले भनिन, ‘चिनिएको प्रतिभालाई सबैले सकेको हौसला दिनुपर्छ । तेह्रथुम युके समाजले दिएको छ । अरूले पनि सकेको सहयोग गरेमा केहरसिंहलाइ साङ्गीतिक क्षेत्रमा धेरै ऊर्जा प्राप्त हुनेछ । जसको फाइदा नेपाली साङ्गीतिक क्षेत्रले लिन सक्छ ।’