इटहरीः शुक्रबार बिहान झापाको कन्काई नगरपालिका ३ कोटीहोममा भएको दुर्घटनामा घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ९ प ८७९५ नम्बरको मोटरसाइकलले बाटो कट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट पैदलयात्री इलामको इलाम नगरपालिका– ६ बस्ने ६८ वर्षीय ठगबहादुर भण्डारी गम्भीर घाइते भएका थिए । उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक मोरङको विराटनगर ४ का २६ वर्षीय अविनाशकुमार साह इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।