इटहरीः इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले आफ््रनो ५० औं जन्मदिनमा कागतीका बिरुवा रोपेकी छिन् । उनले हरेक नागरिकले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्न आग्रह गरेकी छिन् । उनको जन्मदिन हिजो आइतबार परेको थियो ।

इटहरी उपमहानगरले निर्माण गर्न लागेको सुरक्षित आवास, सेफ हाउस परिसरमा आफ्नो पचासौँ जन्मदिनका अवसर पारी उनले बिरुवा रोपेकी हुन् । कागती औषधीसमेत भएकाले र पछि सेफहाउसको आम्दानी समेत हुने भएकाले रोपिएको उपमेयर गौतमले बताइन् ।

वृक्षरोपण कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बिष्ट, वडा नम्बर १२ का अध्यक्ष हेमानन्द दाहाल, कार्यपालिका सदस्यहरू गंगा गुरुङ र इन्दिरा राई, वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, वातावरण शाखा प्रमुख पुष्प चौधरी, मेयर÷उपमेयर सचिवालय सदस्य महेश सुवेदीलगायत सहभागी थिए ।