बेलबारीः मोरङको बेलबारी– ३ लोहोन्द्रा पुलमुनि एक वृद्धको शव फेला परेको छ । शव भोजपुरका प्रेम राईको भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो खोलाको बीचमा मानिसको शव रहेको भन्ने जानकारी पाएपछि पुगेको प्रहरीको टोली त्यहाँ पुगेको बताइएको छ । बेलबारीमा डेरा गरी बस्ने राई पछिल्लो समय निगुरो टिपेर आफनो जीविका चलाउने गर्दथे । मादक पदार्थ सेवन गरी खोला तर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । शव परीक्षणको लागि मङ्गलवारे अस्पताल उर्लाबारी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।