धरानः इटहरीबाट धरान आउँदै गरेको सार्वजनिक सवारी साधन चेक गर्ने क्रममा लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

विराटनगर– १६ बस्ने ४१ वर्षीय विष्णु रानामगरले लगाएको पाइन्टको गोजीमा सेतो प्लाष्टिकमा लुकाइराखेको लागूऔषध एभिल १३ एम्पुल, डाईजेल्याब १३ एम्पुल र लुपिजेसिक १३ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध मुद्दामा म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।