इटहरीः धरान– ८ विश्वकर्मा मन्दिरअघि कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटना बुधबार बिहान साढे ८ बजे भएको हो ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो ।
बसको ठक्करबा कारण स्कुटरको पछाडि बसेकी इटहरी– १९ की ६१ वर्षीया कालीमाया राईको घटनास्थलमा नै मृत्यु भएको थियो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स्कुटर चालक इटहरी– १९ का ६० वर्षीय जयबहादुर राई सामान्य घाइते भएका छन् । बस चालक मोरङको उर्लाबारी–४ का ४२ वर्षीय कुलबहादुर धिमाल, स्कुटर र बस प्रहरी चौकी तीनकुनेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।