इटहरी / इटहरीको होटेल मादेन इनमा "ब्याकयार्ड ब्लुज विथ टीएमआर ट्रीओ" म्युजिक नाइट हुने भएको छ । इटहरीमा पहिलोपटक ब्लुजको प्रस्तुति हुने भएको हो ।

मनोरञ्जनको पर्व तिहारको स्वागतमा म्युजिकल साझ हुन लागेको हो । मादेन इनको प्राङ्गणमा कात्तिक ८ साझ ६ बजे देखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । होटेल मादेन इन, नेपाल म्युजिक फेस्टिभल, सोसल क्याफे र इटहरीकै फलैचा क्याफेको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो । यस अघि पनि नेपाल म्युजिक फेस्टिभलले इटहरीमा साङितिक साझको आयोजना गरेको थियोे । पुर्वमा साङ्गितिक साझको कल्चर स्थापित गराउने उदेश्यले बारम्बार कार्यक्रम गर्ने गरेको नेपाल म्युजिक फेस्टिभलका फाउन्डर रन्जन ओझाले बताए ।