इटहरीः एपीवान टेलिभिजनबाट प्रशारण हुुने लोकगीत प्रतिस्पर्धा लोकस्टारको फाइनल भोली शुक्रवार हुँदैछ । नेपाली मौलिकपनको गायन प्रतिस्पर्धाको फाइनमा पुग्न सफल प्रदेश कै एक्लो प्रतिस्पर्धी विनोद दनुवारले भोटिङका लागि अपिल गरेका छन् ।
प्रदेश पोर्टलसँगको कुराकानीमा दनुवारले शुक्रवार १२ बजे मात्र भोटिङ खुल्ला रहने हुँदा आफुलाई जीताउन भुमिका खेल्न आग्रह गरेका हुन् ।
‘लोकगीतसँगीतको उन्नयनमा नै मैले आफ्नो समय खर्चिनेछु’ उनले भने ‘त्यसका लागि हौसलासहितको माया मलाई दर्शाइदिनुहोला । अन्तिमपटक सबैले भाेट गरिदिनुहाेला प्लीज ।’

उदयपुरको कटहरीका स्थाई वासिन्दा दनुवार सानै उमेरदेखि गीतसंगितमा रुचि राख्थे । स्थानीय क्लब देखि गायन क्षेत्रमा फराकिलो क्षितिज खोज्दै एपीवानले पहिलो पटक आयोजना गरेको लोकस्टारमा सहभागी हुने पुगेका उनले शुरूवात देखिनै राम्राे प्रस्तुती दिएका थिए ।

उनको जदुगरी आवाजले धेरै दर्शकको मन जीत्न सफल भएका छन् । उनि फाइनल राउण्ड सम्म पुग्न सफल हुनु उनको कलाको जातु नै हो ।
फाइनल राउण्ड सम्म पुुर्याउन भुमिका खेलेका देशवासीलाई दनुवारले एक पटक फेरी सहयोग गरिदिए आफुले मौलिक रचना सृजना गर्न थप हौसला मिल्ने र लोकगीतको क्षेत्रमा लाग्न अझै उत्साहा मिल्ने बताउँछन् ।
उनलाइ सहयोग गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर L13 टाइप गरि 37000 मा म्यासेज गरेर दनुवारलाई भोट गर्न सकिन्छ ।