विराटनगरः अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिनाको रुपमा मनाईदै आएको छ । यसै सन्दर्भमा  विराट मेडिकल कलेज शिक्षण अस्पतालले प्रदेश नम्बर १ का मोरङ र सुनसरी जिल्लामा रहेका महिला स्वास्थ्य स्वम्यसेविकाहरुका लागि एकदिने निशुल्क स्तन क्यान्सर परिक्षणका साथै  सीपअभिवृद्धिको तालिम दिएको छ ।

यस तालिम कार्यक्रममा ३ सय जना महिला स्वास्थ्य स्वयमसेविका लगायत, चिकित्सक, नर्स,फ्याकल्टी, चिकित्सा बिद्यार्थी र संचारकर्मीहरुको उपस्तिथी रहेकाे थियाे । विराट मेडिकल कलेज शिक्षण अस्पतालका कम्युनिटी फिजिसियन असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुलीले स्तन क्यान्सरको अहिलेको अवस्था, सम्भावित कारणहरु, लक्षण तथा चिन्हहरु र हुनसक्ने जोखिमको बारेमा तालिममा सहजीकरण गरे । यसै गरि वरिष्ठ प्याथोलोजिस्ट असोसिएट प्रोफेसर डा. सन्तोष उपाध्याय काफ्लेले स्तन क्यान्सरको जाँच गर्ने बिभिन्न बिधिहरुको बारेमा प्रष्ठ पारे । यसै गरी वरिष्ठ क्यान्सर रोग विशेषज्ञअसिस्टेन्ट प्रोफेसर डा. सुलभ सापकोटाले क्यान्सरको उपचार बिधि, स्वयम् स्तन परिक्षण विधिको बारेमा प्रष्ठ पारे ।

IMG_20191025_142508

स्तन क्यान्सर समयमै पहिचान गर्ने सके यसबाट हुने मृत्युलाई अत्यन्त न्यून गर्न सकिन्छ। उपचार पद्धतिमा भएको नविनतम उपलब्धि र उपचार उपलब्धता भए पनि मानिसहरु उपचार केन्द्र सम्म नआउनु स्तन क्यान्सर रोकथाम तथा उपचारमा एउटा चुनौती हो । कैयौ स्तन क्यान्सर भएका मानिसहरु बिभिन्न कारणले अझै पनि समुदायमा लुकेर रहनु भएको छ र यहि चुनौतीलाई केहि हदसम्म कम गर्न आजको कार्यक्रमको आयोजना गरिएको डा. पराजुली बताए ।

विराट मेडिकल कलेज शिक्षण अस्पताले अब यस्ता कार्यक्रमलाई निरन्तरता दिदै यस क्षेत्रमा जनचेतना बढाउने काममा अझ शसक्त हुने जानकारी अस्पतालका प्रशासक पदम विनाडीले बबताए ।