बेलबारीः मोटरसाइकल दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु भएको छ । मोरङको बेलबारी– ५ कसेनीमा शुक्रबार एकआपसमा २ ओटा मोटरसाइकल ठोक्किँदा घाइते भएका २५ वर्षीय भजनलाल चौधरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिणतिर गइरहेको को ३१ प ११८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को १७ प ३८४८ नम्बरको मोटरसाइकल ठोक्किँदा मृतक चौधरी र सुबोध माझी घाइते भएका थिए । घाइते माझीको न्युरो अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बेलबारीका प्रमुख लीला श्रेष्ठले बताए ।