कानुन बनाउने होडबाजी गर्नहुँदैनः सभामुख भण्डारी

  • कार्तिक २२, २०७६
  • १८० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले कानुन बनाउने होडबाजी गर्न नहुने बताएका छन् । आज राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले कानुनले दुुरगामी असर पार्ने भन्दै कार्यान्वयनको चरणमा राज्यलाई पुग्नसक्ने व्ययभारको विषयमा समेत सोच्नुपर्ने उल्लेख गरे ।

सभामुख भण्डारीले विभिन्न प्रदेशले यति उति कानुन बनायौँ भनेर कार्यक्षमता कानुनको सङ्ख्या उल्लेख गर्नु व्यवहारिक नभएको बताए । उनले प्रदेश एक सांसदले बनाएका केही कानुनको दृष्टान्त पेस गर्दै सङ्घीय सरकारमार्फत जारी कानुन नै अभ्यासमा भइरहेको खण्डमा पुनः सोही प्रकृतिको कानुन बनाएर दराजमा थन्क्याउने काम व्यवहारिक नभएको उल्लेख गरे ।

राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले जनताका प्रतिनिधिलाई मात्र कानुन बनाउने अधिकार रहेको भन्दै विभिन्न प्रत्यायोजित अधिकार बारे सांसदहरूले विशेष ध्यान दिनुपर्ने बताए । संविधानमा स्पष्ट उल्लेख भएको कानुन बनाउने बारेको अधिकार कतै सरकारका मन्त्री र कर्मचारीको हातमा त सुम्पिएको छैन भन्दै चलाखीपूर्वक ख्याल गर्नुपर्ने तर्क गरे ।

कार्यक्रममा संविधान सभाका सदस्य एवंम वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सङ्घीय व्यवस्थाका प्रदेश सांसदको अधिकार र दायित्वको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदेश एक सरकारले हाल सम्म ४३ कानुन बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

कात्तिक १७ गतेको त् ...

इटहरीः गत कार्त्तिक १७ गते रानी–धरान ६ लेन सडक अन्तर्गतको इटहरी– तरहरा खण्डमा बाटो चौडाक ...

इटहरीका मेयरले बोली ...

इटहरीः रानी– धरान ६लेन सडक अन्तर्गतको इटहरी तरहरा खण्डका बारे इटहरी नगरपालिकाले धारणा परिवर्तन ...

नेपालको संविधानले मा ...

बिराटनगर :समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्नेमा वक्त ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved