भद्रपुरः बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३ सय जना विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी विपन्न परिवारका रहेका छन् । रानामगरले मङ्गलबार बिहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो स्वीटरलगायतको शैक्षिक सामग्री वितरण गरेकी हुन् । उनका अनुसार ती सामान हङकङमा रहेका नोर्वु शेर्पाले पठाएका हुन् ।