धनकुटा: धनकुटा नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म हुने गर्दछ । यो जातिको तिन चाड मध्ये यो महत्बपुर्ण चाड हो ।

यो चाडमा दुख वाट उक्सीने र घरको जेठो छोरो जन्मीएकोमा हर्क बढाइ गर्ने चलन छ । बर्ष भरी गुमाएका आफन्तको जुठोवाट उक्सने यो एक मात्र चाड हो । चाडको सुरुवातमा धनकुटावाट हिड्दै दुइ दिन लगाएर सुनसरीको बराहक्षेत्र पग्दछन् । स्थानिय कोकाहा खोलामा कपाल दारि खौरीएर नुवाएर बराह भगवानको दर्शन देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ । घर आएपछि दुखको कर्म फुकाउने कार्य हुन्छ । जहा सेतो लुगा फुकाइन्छ । अनि दुख अन्त्य गरि भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ ।

सो चाडको अबसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्ले नाच नाचिने स्थानिय दिनेश आठपहरीयाले जानकारी दिनुभयो । यता घरको जेठो छोरो जन्मीदा र नया घर निर्माण गर्दा समेत यो चाडमा हर्कवढाइ गर्ने चलन छ ।