विराटनगरः राष्ट्रिय बहिरा महासंघ नेपालको प्रदेश १ समिति गठन भएको छ । बिहीबार विराटनगरमा भएको पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
समितिमा भोजपुरका सिताराम ओझा अध्यक्ष चुनिएका छन् सुनिता तिम्सिनाको संयोजकत्वमा बनेको प्रदेश १ को तदर्थ समितिमा सचिव रहेका ओझा अबिधेसनबाट भने सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
समितिमा उदयपुरकी तुलसा पोख्रेल उपाध्यक्ष भएकी छिन । यस्तैगरि, तेह्रथुमका राजन तिम्सिना सचिव, मोरङका जीवन दाहाल कोषाध्यक्ष भएका छन् । सदस्यहरूमा क्रमशः धनकुटाबाट भोला थापा, झापाबाट गायत्री उप्रेती चयन भएका छन् ।
ओखलढुङ्गाको लागी एक सिट तय भएको तर नाम फाइनल नभएको नवनिर्वाचित अध्यक्ष सिताराम ओझाले बताए । सामाजिक सञ्जालबाट कुराकानी गर्दै ओझाले आफूलाई सर्वसम्मत चयन गरेको भन्दै सबैलाई धन्यवाद दिँदै बहिराहरूको हितका लागी प्रदेश १ मा सक्रिय हुने बताए ।