इटहरीः शनिवार बिहानै एक हुल विद्यार्थी विद्यालय पोसाकमा भेला भए । इटहरी मुख्य चौकको पश्चिम दिशामा रहेको आरसिटी मार्केट अगाडीका बन्द सटर अगाडी उभिएर दुुइ ओटा प्लास्टिकका टेबल राखे । झोलामा राखिएका चिनी, चियारंग, मरीचको धुलो, तातोपानीको थर्मस र कागजबाट बनेका गिलास निकाले । कोही ब्यानर टाङ्गन थाले भने कोही चौकमा बिहानै हिँडिरहेका बटुवालाई भेला गरी आफ्नो उद्देश्य भन्न थाले ।

उनीहरू थिए इटहरी स्थित विश्वआदर्श विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थी । उक्त टिमकी नेतृत्वकर्ता थिइन् आयुुष्का कट्टेल । उनी विद्यालयको इन्ट्याक्क क्लबकी प्रेसिडेन्ट हुन् । विद्यालयले भ्रमणमा लग्दा आफुुजस्तै उमेरका साथीहरूसँग भेट भएको थियो । इटहरीको ग्रामीण भेग जब्दि स्कुलमा पुगेका उनीहरूले जब एउटै उमेरसमुहका विद्यार्थी देखे छक्क परे । ‘हामी त सुविधा सम्पन्न विद्यालयमा पढ्छौँ, तर जब हामी त्यहाँ पुग्यौँ हामी छक्क पर्‍यो’ कट्टेलले भनिन् ‘साथीहरूलाई केही सहयोग गर्न सकिन्छ की भन्ने सोच आयो अनि फन्ट कलेक्सन गर्न यो उपाय सोच्यौँ ।’

उनको समूहले पहिले विद्यालयका शिक्षकलाई चिया बनाएर खुवाए । त्यहाँबाट राम्रो रकम सङ्कलन भएपछि उनीहरू आज चौकमा पुुगेकाहुन् । उनीहरूले जब्दिस्कुलका विद्यार्थीका लागि पुस्तकालय बनाउने सोच बनाएका छन् । ‘यो रकमले त नपुग्ला तर अन्य स्थानमा पुगेर पनि पुस्तकालयका लागि फन्ट कलेक्सन गर्ने सोच राखेका छौँ ।’ उनले भनिन् ।
उनीहरू दुई दिनसम्म बिहानको समयमा यहीँ स्थानमा बसेर चिया बेच्नेछन् इटहरी क्षेत्रमा राेट्री क्लबका

इटहरीमा विद्यालय स्तरका तीन क्लब छन् । विश्वअादर्शसहित काेशी स्कुल र एसाेएस विद्यालयमा यस्ता क्लब छन् । तिनले सामाजिक क्षेत्रका यस्तै काम गर्छन्  र उनिहरूलाइ कसरी सामाजिकिकरण गर्ने भन्ने संयाेजनकाे जिम्मा भने राेट्री संजय चाैधरीले पाएका छन् ।