धरानः पाथीभरा जब लिंक प्रालिले आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने क्रममा सुनसरीको धरानमा पनि सम्पर्क कार्यालय स्थापना गरेको छ । जब लिंकले सोमबार धरानमा एक कार्यक्रमका बीच सो कार्यालयको शुभारम्भ गरेको हो ।

इटहरीमा मुख्य कार्यालय रहेको प्रालिले सेवा बिस्तार गर्ने क्रममा धरानमा कार्यालय स्थापना गरेको प्रालिका प्रबन्ध निर्देशक एवम् अध्यक्ष पवन अधिकारीले बताए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष केशव घिमिरे, महासङ्घका उपाध्यक्ष सन्तोष काफ्लेलगायतले बोलेका थिए । कार्यक्रममा जब लिंकका धरान प्रमुख प्रकाश लकान्द्रीले धरानमा जब लिंक खोलिएसँगै बेरोजगारी समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताए । उनले धरान क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाहरूलाई जब लिंकको स्थापनापश्चात् कर्मचारी व्यवस्थापनको समस्याबाट उन्मुक्ति पाउने विश्वाससमेत गरेका छन् ।

जब लिंकले कर्मचारीलाई रोजगार प्रदान गरेपछि ५ लाखको निःशुल्क दुर्घटना बीमा समेत गरिदिने गरेका कारण पनि पछिल्लो समयमा यसप्रति क्रेज बढ्दै गएको देखिन्छ । इटहरीमा मुख्य कार्यालय रहे पनि यहाँबाट प्रदेश नम्बर १ का सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, धनकुटा, सङ्खुवासभालगायत २ नम्बर प्रदेशको जनकपुरसम्म पनि आफ्नो सेवा प्रदान गर्दे आएको जब लिंकले जनाएको छ ।

paghibhara job lin (3) paghibhara job lin (2)