नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छः सभामुख भण्डारी

  • मंसिर ३, २०७६
  • १४० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

बिराटनगर :समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्नेमा वक्ताहरुले जोेड दिएका छन् ।

विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका बुँदामा आवश्यक छलफलका लागि राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले विकास मात्रले मानव अधिकार स्थापित हुन नसक्ने भएकाले यसको संरक्षणका लागि संविधानले दिएको अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने आबश्यकता रहेको बताएका हुन् । ।

संयुक्त राष्ट्रसङ्घको स्थापनापछि मानवअधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नको लागि संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार कानून र सोसम्बन्धी विभिन्न प्रकारका संयन्त्रणको विकास गर्दै आइरहेको सन्दर्भमा सदस्य राष्ट्रलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने एवं मानवअधिकारप्रतिको प्रतिबद्धताको पालना गराउने उद्देश्यका साथ स्थापना भएको मानवअधिकार परिषद्को अगामी सन् २०२० मा नेपालले गरेको प्रगतिका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले नेपालको संविधानले मानवअधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै महिला, बालबालिका र फरक क्षमता भएका मानिसको अधिकारलाई रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने आवश्यकता आँैल्याउनु भएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको पहिलो रक्षक राज्य भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा आफ्नो भनाई राख्नु भएको थियो ।

प्रदेशका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले मानवअधिकारको क्षेत्रमा नेपालको संविधान, कानून र जागरणको हिसाबले अगाडि छ भन्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव, पृथ्वी, समुन्नति, सुरक्षा र सुशासनलाई बलियो बनाउन सकियो भने मानवअधिकारमा प्रश्न उठन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेललगायत सुनसरी, मोरङ र झापाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानवअधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

आजबाट भद्रपुर–ताप्ले ...

भद्रपुर :निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेक ...

गाउँमा जनताको समस्य ...

भोजपुर :निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको ...

त्रिविका कर्मचारीहरू ...

  धरानः यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीहरूले सोमबार अपराह्न १२ देखि २ बजेसम्म आ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved