धरानः नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले धरानमा कम्युनिष्ठलाइ भाेट दिनु भनेकाे अात्महत्या गरेसरह हुने तर्क गरेका छन् । २०४८ साल देखि धरानमा काँग्रेसले चुनाव जीत्न नसकेकाे भन्दै धरानकाे भविष्य वर्षाैँ पछि पर्नुमा काँग्रेसले जित्न नसकेकाे जिकिर गरे ।

धरानका जनता अब सचेत बन्ने बेला हाे याे । पाैडेलले ट्रेड यूनियन काँग्रेसले भानुचाैकमा गरेकाे चुनावी सभालाइ सम्बाेधन गर्दै भने, अब पनि कम्युनिष्टलाइ भाे दिनु भनेकाे अात्माहत्या गरेसरह हाे ।

उनले अाेली सरकार तानाशाह बन्न खाेजेकाे भन्दै त्यसलाइ व्यालेन्स गर्न धरानमा काँग्रेसले जीत्नैपर्ने बताए । उनले प्रधानमन्त्रीले सँवैधानिक अधिकार खाेस्नखाेजेकाे भन्दै पछिल्लाे समय जारी गर्न लागिएकाे अध्याधेशले अाेली तानाशाह बनेकाे पुष्टि गरे ।

धरानमा काँग्रेसले हेभिवेट नेता भित्र्याएकाे  छ । डा. शेखर काेइराला केहि दिन देखि सुकुम्वासी वस्तीमा पुगेर भाेट मागिरहेका छन् । त्यस्तै नेताहरू शशांक काेइराला, महेश अाचार्य, रामहरी खतिवडालगाएता नेताहरूले चुनावी सभामा सम्बाेधन गरेका थिए ।

उनिहरूले धरानमा विपी प्रतिष्ठान जस्ताे महत्वपुर्ण स्वास्थ्य सँस्था ल्याउनुमा काँग्रेसकाे भुमिका खेल्ने भन्दै एक पटक काँग्रेसलाइ चान्स दिएर विकासमा धरानकाे मुहान फेर्ने विश्वास दिलाए ।