धरान: पूर्व अर्थमन्त्री एवंम नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले जनताको भावना बुुझेर काम गर्ने पाटी काँग्रेस मात्र भएको भन्दै धरानमा मत दिन आग्रह गरेका छन् । मंसिर १४ को उपनिर्वाचन लक्षित चुनावी अभियानमा भोट माग्दै विष्णुुपादुुका पुुगेका कार्कीले कम्युनिष्टले कुरा मात्र गर्ने हुनाले काँग्रेसले बोलेको कुरा गरेर देखाउने गरेको दाबी गरे ।
उनले नेपाली काँग्रेस सबै जाति, धर्म सम्प्रदायको साझा थलो रहेको बताए । उनले देशलाई जीताउन काँग्रेसले पटकपटक हारेको स्मरण गराउँदै भने ‘ठुला परिवर्तनको प्रमुख हकदार नेपाली काँग्रेस सबै नेपालीको समुन्नतीका लागि लडेको पार्टी हो ।’ उनले धरान क्षेत्रमा पटकपटक कम्युनिष्टले जीतेपनि विकास नभएको भन्दै यो पटक त्यसको जवाफका लागि काँग्रेसमा मदतान गर्न आग्रह गरे । उनले सत्ताबाहिर हुँदापनि काँग्रेस विकासबाट टाढा नभागेको भन्दै सरकारका हरेक कामलाई नजिकबाट नियाल्दै जिम्मेवारी प्रतिपक्षीको भुमिका खेलिरहेको जानकारी दिए ।
उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसका केन्द्रियस्तरका नेताहरु धरान आउने क्रम जारी छ । यस अघि डा.शेखर कोइराला, महेश आचार्य, शशांक कोइराला, रामचन्द्र पौडेललगाएतका नेताहरु धरान आएर भोट मागिसकेका छन् । पूर्व एमालेबाट निर्वाचित तत्कालिन मेयर तारा सुुब्बाको गत साल निधन भएपछि धरान उपमहानगरापलिकाको मेयर पदका लागि पुनः निर्वाचन हुन लागेको हो ।
मेयर पदका लाग २३ जनाको उमेद्वारी परेपनि मुुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपाको नै देखिएको छ ।




















