इटहरीः इटहरी ५ स्थित जनतावस्तीमा रक्तमाला अाधारभुत विद्यालय स्थापना भएकाे २०५१ सालमा हाे । विपन्न समुदायका सन्तान पढ्ने याे विद्यालय रंगहिन थियाे । इटहरीमा सफाइ अभियानमा सामेल युवाहरूकाे क्लब ब्लुस् इलेभेन क्लबले उक्त विद्यालयमा रंग लगाएर चिटिक्क पारिदिएकाे छ ।
क्लबका अध्यक्ष पुर्ण राइले विद्यालयकाे अवस्था टिठलाग्दाे देखेपछि पहिले रँग लगाइदिने साेच अाएकाे बताए । विद्यालयप्रतिकाे अाकर्षण नै नदेखिने भएपछि झ्याल, ढाेकामा इनामेल र सिमेन्टकाे भागमा प्राइमर लगाइएकाे जानकारी दिए ।
क्लबले अाफ्नै पहलमा उक्त कार्यक्रम गरेकाे हाे । यस अघि क्बले हरेक शनिवार इटहरीका विभिन्न स्थानमा पुगेर सरसफाइ गर्दै अाएकाे छ ।
अभियानै रूपमा स्वयमसेवी रूपमा क्ल्बका सदस्यहरूले सरसफाइ कार्यक्रम गर्छन् । कुनै फन्डबीना सँचालित याे सँस्थामा भाेलन्टरी सहयाेग गर्ने युवाहरू बढिरहेका छन् ।
'फुर्सदमा हप्ताकाे एक घण्टा समाजका लागि छु्ट्याइएकाे हाे' क्लबका अध्यक्ष राइ भन्छन् , 'युवाहरूलाइ समाजप्रतिकाे दायित्व बुझाउनपनि हामीले याे कार्यलाइ निरन्तरता दिँदै जान्छाै।'