धनकुटा ः कोशी राजमार्ग अन्तर्गत धरान– धनकुटा सडक खण्ड निर्माण भएपछि धनकुटामा पर्यटकको आवागमन भएको मानिन्छ ।
२०४० सालमा बेलायतका तत्कालीन युवराज चाल्र्स भेडेटार आएर स्थानीय सैलुङ डाँडाको तारिफ गरेपछि अलिअलि गदै पर्यटक भेडेटार भित्रिन थाले । सडक सञ्जाल उत्तरतर्फ बढ्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटक समेत धनकुटाको उत्तरी भागसम्म पुग्न थाले ।
अहिले आन्तरिक तथा बाह्य पर्यटक धनकुटा हँुदै तेह्रथुम, भोजपुर, सङ्खुवासभासहित पूर्वी पहाडका विभिन्न महत्वपूर्ण पर्यटकीय स्थल पुग्ने गरेका छन् । धनकुटामा धेरै पर्यटकीय स्थल रहेका छन् । भेडेटार, राजारानी, नाम्जे गाउँ, नमस्ते झरना, हिले, पाख्रीबास धनकुटाका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । धनकुटामा पर्यटक आकर्षण गर्न यी स्थलसँगै अन्य धेरै सम्भावना बोकेका स्थान छन् । साहसिक खेलका माध्यमबाट पनि धनकुटामा प्रशस्त पर्यटक भित्र्याउन सकिन्छ । साहसिक खेल ¥याफ्टिङ, क्यानोनिङ, जीपलाइन, प्याराग्लाइडिङ, बञ्जी जम्प, रक क्लाइम्बिङ आदिको धनकुटामा प्रशस्त सम्भावना छ । यीमध्ये केही खेल धनकुटामा सञ्चालनमा रहेका छन् भने केही निर्माणाधीन त केही सम्भाव्यता अध्ययनको क्रममा रहेका छन् ।
१.¥याफ्टिङ
तमोर नदीमा धनकुटाको मूलघाटदेखि सुनसरीको चतरासम्म पानीको साहसिक खेल ¥याफ्टिङमार्फत बर्सेनी सयौले मनोरञ्जन लिँदै आएका छन् । २०६४ सालमा तमोर नदीमा शुरु भएको ¥याफ्टिङ अहिले ३ ओटा कम्पनीले सञ्चालन गरिरहेका छन् । नेपालकै तेस्रो उत्कृष्ट ¥याफ्टिङ गन्तव्य मानिएको तमोर नदीमा मंसिरदेखि जेठ महिनासम्म नियमित रूपमा ¥याफ्टिङ हुने गर्छ । करीब ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाइलो हुने गरेको छ । माइनस ४ डिग्री सम्मको ‘¥यापिड’ भएकाले मस्र्याङ्दी र भोटेकोशीपछि तमोर नदी ¥याफ्टिङका लागि उत्कृष्ट गन्तव्यको रूपमा रहेको सेतु एड्भेन्चर प्रा.लि.का सञ्चालक सेतु सिलवाल बताउँछन् ।
१ दिनको प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने सो साहसिक खेलमा प्रत्येक वर्ष सयाँैले मनोरञ्जन लिँदै आएका छन् । ¥याफ्टिङ गर्न आउने पर्यटक निकै उत्साहित हुने गरेका छन् । पानीमा खेल्न पाइने, नदीका विभिन्न रूप देख्न पाइने, जलयात्राको अनुभव गर्न पाइने भएकाले बर्सेनी ¥याफ्टिङप्रति पर्यटकको आकर्षण बढ्दो छ ।
धनकुटामा ¥याफ्टिङ याक्चना घाटबाट समेत गर्न सकिन्छ । व्यवसायीहरूले मूलघाटबाट १ दिन र २ दिनको प्याकेजमा ¥याफ्टिङ लैजाने गरेका छन् । १ दिनको प्याकेजमा मूलघाटबाट करीब ६ घण्टा लगाएर चतरा पु¥याउने गरेका छन् । त्यस्तै दुई दिनको प्याकेजमा भने एक रात बगरमै टेण्ट टाँगेर रात बिताउने गरिन्छ ।
२.क्यानोनिङ
धनकुटास्थित नमस्ते झरनामा व्यावसायिक रूपमा क्यानोनिङ खेल हुने गरेको छ । डोरीको सहायताबाट झरनाको पानीसँगै झरिने खेललाई नै क्यानोनिङ भनिन्छ । नमस्ते झरनामा करीब ५५ मिटर अग्लो झरनाबाट डोरीको सहायताले पानीसँगै झर्ने गरिन्छ । माथिल्लो भागमा डोरी अड्याउन आवश्यक पर्ने पूर्वाधार पर्यटन विकास कार्यालय काँकरभिट्टाले निर्माण गरिसकेको छ ।
गत वर्षबाट क्यानोनिङ शुरु गरिए पनि नमस्ते झरनामा माथिबाट खसेको ढुङ्गाले लागेर एक पर्यटकको मृत्यु भएसँगै पर्यटकलाई स्थानीय प्रशासनले झरना प्रवेशमा रोक लगायो । त्यसयता क्यानोनिङसमेत हुन सकेन । अहिले नमस्ते झरनामा थप पूर्वाधार तयार गरेर खुला गरिसकिएको छ । क्यानोनिङ गर्न कुनै रोकछेक छैन तर पनि हुन सकेको छैन । प्रचारप्रसार अभावका कारण क्यानोनिङ नियमित हुन नसकेको लिम्बूको भनाइ छ । प्रचारप्रसारको लागि क्यानोनिङ महोत्सव गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । नमस्ते झरनामा दैनिक १ हजार ५ सय जनासम्म पर्यटक पुग्ने गरेका छन् ।
यसबाहेक धनकुटाको लेगुवा झरना, लेम्लेमेसहित विभिन्न सानाठूला झरनामा समेत क्यानोनिङ गराउन सकिन्छ । तर पूर्वाधार र प्रचारप्रसार अभावका कारण क्यानोनिङ नमस्ते झरनामा बाहेक अन्य झरनामा सम्भव हुन सकेको छैन ।
३. जीप लाइन
लठ्ठाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँ पुग्ने खेल नै जीपलाइन हो । यो प्रायः दुई पहाडको बीचमा निर्माण गरिएको हुन्छ । जीपलाइनको अवस्थाअनुसार लठ्ठाको सहारामा बसेर घोप्टो परेर वा उत्तानो परेर खेल्ने व्यवस्था मिलाइएको हुन्छ ।
धनकुटाको भेडेटारमा प्रदेशकै पहिलो ‘जीपलाइन’ निर्माणाधीन अवस्थामा छ । युवा उद्यमी आशिष राई र किरण राईले करीब ३ करोड रुपैयाँको लगानीमा करिब १ हजार ५ सय मिटर लामो ‘जीप फ्लायर’ बनाउन लागेका छन् । भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई ‘जीप फ्लायर’ भनिन्छ ।
‘जीप फ्लायर लन्च प्याड’ साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ खर्कडाँडाबाट हुने र सोही वडाकै कार्कीछापमा ‘ल्यान्डिङ स्टेसन’ हुने छ । यो निर्माण भएपछि दक्षिण एशियाको तेस्रो तथा नेपालको दोस्रो लामो ‘जीप फ्लायर’ बन्ने छ । दक्षिण एशियाको सबैभन्दा अग्लो ‘जीप लाइन’ हो पोखराको सराङकोटदेखि हेम्जासम्मको १ हजार ८ सय ६० मिटर लामो छ । यस्तै दक्षिण भारतीय राज्य केरलामा रहेको कोलुकुमलाई नामक ‘जीप फ्लायर’ लम्बाइ १ हजार ८ सय मिटर भएको भारतीय मिडियाहरूले लेखेका छन् ।
पोखरा बाहेक धुलिखेलमा रहेको १ हजार ३ सय मिटर लामो ‘जीप फ्लायर’ व्यावसायिक सञ्चालनमा छ । भेडेटारमा बन्न लागेको यो ‘जीप फ्लायर’ नेपाल पर्यटन वर्ष २०२० को शुरुवातसँगै सञ्चालन गर्ने गरी निर्माण शुरु गरिएको व्यवसायी आशिष राई बताउँछन् ।
यसबाहेक धनकुटामा अन्य धरै स्थानमा लामो तथा छोटो दुरीको ‘जीप लाइन’ सञ्चालन गर्न सकिले स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।
४. प्याराग्लाइडिङ
पर्यटक आकर्षित गराउने अर्को महत्वपूर्ण माध्यम प्याराग्लाइडिङ पनि हो । प्याराग्लाइडिङ डाँडाबाट हावाको चालमा चराजस्तै गरी आकाशमा रमाउँदै विभिन्न मनोरम दृश्य अवलोकन गर्दै तल्लो क्षेत्रमा झर्ने एक साहसिक खेल हो । धनकुटा नगरपालिकाको चुलीबन क्षेत्र र भेडेटारबाट प्याराग्लाइडिङको परीक्षण गरिसकिएको छ । दुवै स्थानमा सफल समेत भइसकेको छ ।
भेडेटारबाट उडान गरेर धरानमा ल्याण्डिङ गर्ने गरिएको छ । धरान स्काइ एड्भेन्चर प्याराग्लाइडिङ प्रालिले भेडेटारबाट पर्यटकलाई सेवा दिँदै आएको छ । ५ वर्ष अघि शुरु गरिएको प्याराग्लाइडिङमा पहिलो २ वर्षसम्म बढी आकर्षण भए पनि त्यसयता भने सामान्य छ । अब भने नियमित सञ्चालनको तयारी गरिरहेको सञ्चालक रोशन अधिकारीले जानकारी दिए । हाल प्रतिव्यक्ति ६ हजार रुपैयाँमा भेडेटारबाट धरानसम्म उड्न सकिन्छ ।
यता, धनकुटाको चुलीबन क्षेत्रमा परीक्षण गरिए पनि उडान भने हुन सकेको छैन । धनकुटा नगरपालिकाले सो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरिरहेको धनकुटा नगपालिकाका पर्यटन विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए । पूर्वाधार निर्माणपछि सो क्षेत्रबाट उडान गर्न निजी क्षेत्रलाई आकर्षित गरिने नगरपालिकाले जनाएको छ । चुलीबनबाट उडान शुरु गरेर तमोर किनारमा ल्याण्डिङ गर्ने गरी परीक्षण गरिएको हो । भेडेटारसम्म आउने पर्यटकलाई भेडेटारबाट र धनकुटा आउने पर्यटकलाई चुलीबनबाट उडाउन सकिन्छ । यी बाहेक धनकुटामा अन्य धेरै स्थानबाट समेत प्याराग्लाइडिङ गराउन सकिने सम्भावना रहेको व्यवसायी बताउँछन् ।
५.स्काइ वाक
स्काइ वाक अर्थात् आकाश मार्ग । यस्तो मार्ग अग्ला २ पहाड वा भवनमा सिसाको पुल निर्माण सञ्चालन गर्न सकिन्छ । छिमेकी मुलुक चीनमा निकै प्रख्यात रहेको स्काइ वाक नेपालमा भने सञ्चालन हुन सकेको छैन ।
पर्यटकीय क्षेत्र भेडेटारमा निजी क्षेत्रले स्काइ वाक निर्माण गर्न चासो देखाएको छ । काठमाडौंको कमलादीस्थिीत वन्डर नेपालले सिसाको पुल अर्थात स्काइ वाक निर्माण गर्न चासो देखाएको हो । होटल एसोसिएसन भेडेटारसँगको सहकार्यमा वन्डर नेपालले स्काइ वाक निर्माण गर्न चासो देखाएको हो । स्काइ वाक निर्माणको लागि सो समूहले चाल्र्स प्वाइन्टसहित अन्य ३ स्थान हेरेको छ ।
गाउँपालिकाले सम्भाव्यता अध्ययनको अनुमति दिए उपयुक्त स्थान छनोट गरी डीपीआर तयार गर्ने तथा प्रदेश सरकारले निर्माणको अनुमति दिए भेडेटार आसपास निर्माण गरिने कम्पनीका इञ्जिनियर आकर्षण पोख्रेलले जानकारी दिए ।
भेडेटारमा पर्यटक बढी आउने भएकाले नयाँ गन्तब्य निर्माणको लागि चासो देखाएको पोख्रेलको भनाइ छ । यता, भेडेटारका पर्यटन व्यवसायीले पनि स्काइ वाक निर्माणको लागि सहयोग गर्न आफूहरू तत्पर रहेको जनाएका छन् । होटल एसोसिएसन भेडेटारले प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई भेटेर स्काइ वाक निर्माणमा सहयोग गर्न आग्रह गरेको भेडेटारका होटल व्यवसायी लीलाराज लावतीले जानकारी दिए ।भेडेटारबाहेक धनकुटाका अन्य धेरै स्थानमा स्काइ वाक सञ्चालन गर्न सकिन्छ ।
यसबाहेक साइक्लिङ, घोडचढी, बोटिङलगायत धेरै साहसिक खेलको सम्भावना धनकुटामा रहेको छ । धनकुटाको डाँडैडाँडा साइक्लिङ गर्दै हिँड्ने सम्भावना पनि उत्तिकै छ ।
धरानका केही व्यवसायीले साइक्लिङ गराउँदै धनकुटा हुँदै तीनजुरेसम्म पु¥याउने गरेका छन् । घोडचढीको पनि सम्भावना उत्तिकै छ । लामो वा छोटो र आकर्षक क्षेत्र पहिचान गरी घोडचढीको व्यवस्था मिलाए पर्यटक आकर्षण गर्ने अर्को माध्यम बन्ने थियो ।
टुर न्यूज मासिकबाट

















