इटहरी ः जाउलाखेल ग्रुप अफ ईण्डष्ट्रिजको आयोजनामा आतिथ्य सत्कार दुई दिने तालिम बुधबारबाट शुरु भएको छ । धरानमा रहेको होटल गजुर पार्टि प्यालेसको हलबाट सो कार्य शुरु भएको हो ।
नेपाल भ्रमण बर्ष शुरु हुन लागेको र आन्तरिक तथा बाह्रय पर्यटकलाई अथवा पाहुनाहरुलाई कसरी सत्कार,शिष्टाचार,स्वागत सम्मान गर्ने भन्ने विषयमा जानकारी दिइने छ । तालिम उक्त तालिममा सो क्षेत्रमा आबद्ध रहेका कर्मचारीलाई आफूँले पाहुनालाई कुन तरिकाले खुसी राख्न सकिन्छ भन्ने उद्धेश्यले सो कार्यको आयोजना गरिएको तालिममा सहभागि प्रशिक्षक श्याम श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै हिमालयन वाइट हाउस कलेजमा आफ्नो १८ बर्षको अनुभबलाई बताउँदै श्रेष्ठले भने –‘यो तालिम लिई सकेपछि कर्मचारीले आफ्नो जीवन स्तर उकास्न, क्षमता अभिवुद्धि गर्न र सिप विकास गर्नका लागि सुवर्ण अबसर पनि मिल्ने आशा गरेको छु र त्यो आशा उहाँहरुले पाउनु हुनेछ ।’
यस तालिमको उदेश्य भनेकै पर्यटन प्रवर्धनमा समेत टेवा पुग्नलाई आउँदै गरेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोेग हुने अपेक्षाले ब्यबस्था गरिएको आयोजक जाउलाखेल गु्रप अफ ईण्डष्ट्रिजले जनाएको छ । उक्त तालिममा करिब १०० जनाको भन्दा माथि सहभागि रहेको थियो । भोलि अर्थात मङ्सिर १२ गते इटहरी स्थित बिराटनगर लाईनमा रहेको होटल पथिभरामा सोहि तालिम आयोजना गरिएको ग्रुपले बताएको छ ।