इटहरी :मङ्सिर २६ गते इटहरीमा हुन लागेको सांस्कृतिक कार्यक्रममा गायक दुर्गेश थापा र गायिका ईन्दिरा जोशी आउने भएका छन् ।

सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजना तथा युथ कल्ब र एल एंड सी को सह–आयोजनामा कार्यक्रम हुन लागेको हो । इटहरी म्युजिक फेस्टिबल नाम दिईएको उक्त कार्यक्रमा गायक गायिकाको बेजोड प्रस्तुति सगैँ सांस्कृतिक कार्यक्रम हुन लागेको सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताए । कार्यक्रमका संयोजक यम कुमार राईले जानकारी दिए अनुसार यस कार्यक्रको केही रकम इटहरीको हवाईचोकमा रहेको माया घरमा रहेका अनाथ तथा असहाय ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्ने बनाई छ।

नेपाल पर्यटन वर्ष सन् २०२० लाई प्रर्बधन गर्ने उद्देश्यले इटहरी म्युजिक फेस्टिबल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको ईभेण्ट पार्टनरको रुपमा सोच खबर प्रालि रहेको छ भने कार्यक्रम इटहरी स्थित आपँगाछीमा रहेको राष्ट्रिय माविको खेल मैदानमा आयोजना हुँदैछ ।

कार्यक्रममा गायक थापा,गायिका जोशी सहित अन्य कलाकारहरुमा सौरव भट्टराई ,शैलेश निरौला, हिडेंन टेम्पल ब्याण्ड, प्रतिक अधिकारी आदि रहेका छन ।