ईटहरी: जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजको आयोजनामा हस्पिटालिटी तथा कस्टमर सर्भिस दुई दिने तालिम बिहिबारबाट सम्पन्न भएको छ ।

बुधबार धरानमा रहेको होटल गजुर पार्टि प्यालेसको हलबाट तालिम शुरु गएिको थियो भने आज अर्थात् बिहिबार ईटहरी स्थित होटल पाथिभरा बाट सो तालिम सम्पन्न भएको हो । बिहिबार भएको तालिममा करिब ५० जना बिभिन्न होटल, बार,तथा अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको सहभागिता रहको थियो ।
नेपाल भ्रमण बर्ष शुरु हुन लागेको र आन्तरिक तथा बाह्रय पर्यटकलाई अथवा पाहुनाहरुलाई कसरी सत्कार,शिष्टाचार,स्वागत सम्मान गर्ने भन्ने विषयमा जानकारी गराईयो । उक्त तालिममा सो क्षेत्रमा आबद्ध रहेका कर्मचारीलाई आफूँले पाहुनालाई कुन तरिकाले खुसी राख्न सकिन्छ भन्ने उद्धेश्यले सो कार्यको आयोजना गरिएको तालिममा सहभागि प्रशिक्षक श्याम श्रेष्ठले बताए ।

jaulakhel photo 1
कार्यक्रममा बोल्दै हिमालयन वाइट हाउस कलेजमा आफ्नो १८ बर्षको अनुभबलाई बताउँदै श्रेष्ठले भने –‘यो तालिम लिई सकेपछि कर्मचारीले आफ्नो जीवन स्तर उकास्न, क्षमता अभिवुद्धि गर्न र सिप विकास गर्नका लागि सुवर्ण अबसर पनि मिल्ने आशा गरेको छु र त्यो आशा उहाँहरुले पाउनु हुनेछ ।’
यस तालिमको उदेश्य भनेकै पर्यटन प्रवर्धनमा समेत टेवा पुग्नलाई आउँदै गरेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोेग हुने अपेक्षाले ब्यबस्था गरिएको आयोजक जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले जनाएको छ । उक्त तालिममा जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज बाट बिजय मानन्धर,अनिल शाही, गेभिन लीसेस्टर, रोशन घिमिरे, डम्बर गिरी लगायतको उपस्थिती रहेको थियो ।

jaulakhel photo 2jpg