विराटनगर ः विद्या भूमि स्कूल विराटनगरले बिहिबारदेखि विद्यार्थीहरूका लागि जीवन उपयोगी सीपहरूको तालिम दिन सुरु गरेको छ ।
नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई आफुले गर्नसक्ने र गर्नपर्ने कामहरूको तालिम दिन सुरु गरेको हो । दुई दिने चल्ने स साना बलाबालिकाहरुलाई औपचारिक सम्बोधन, आफ्नै सरसफाइ गर्ने, लुगा लगाउने, नङ काटने, गाता लगाउने, पालिस गर्ने, आफ्ना स–साना लुगा धुने, आफ्नो कोठा, ओछ्यान मिलाउने, स–साना सिलाइ, इस्त्री गर्न सिकाउने, फुलबारी बनाउँने लगायतका तालिमहरु दिन सुरु गरेको स्कुलले जनाएको छ ।
    पढाइको संगसगैं विद्यार्थीलाई आत्म निर्भर वनाउँन जीवन उपयोगी स साना सीपहरुको तालिम दिन सुरु गरिएको स्कुलका प्रिन्सिपल पराग ढुंगानाले बताए । उनले स्कुलमा विद्यार्थीले पढनेमात्र हैन सिक्ने वातावरण निमार्ण गर्नका लागि यो तालिम आयोजना गरिएको बताए । यो र यस्ता तालिमलाई आगामि दिनमा अझ अभियानका रुपमा चलाउने बताउँदै नर्सरी देखि कक्षा १२ सम्मै विद्यार्थीलाई अवश्यक तालिमहरु दिने बताए ।
    यसैबिच सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सामुदायिक सेवा केन्द्र विराटनगरले विद्या भूमि स्कूलमा लागु औषध र साइवर क्राइम सम्बन्धि अभिमुखिकरण गरेको छ । कक्षा ६ देखि १०सम्मका विद्यार्थीलाई प्रहरीले अभिमुखिकरण गरेको हो ।