धनकुटा ः धनकुटामा शिक्षण अस्पताल स्थापना तथा सञ्चालन गर्न सर्वदलिय सर्वपक्षिय सर्वसम्मती सहित सामाजिक विकास मन्त्रालय मार्फत अगाडि बढ्ने निर्णय गरिएको छ ।
नेपाल ट्रष्टको जग्गा प्राप्तिका लागि ट्रष्ट सञ्चालकको उपस्थितिमा आवश्यक प्रकृया, ऐन, नियमका विषयमा छलफल गरी शिक्षण अस्पताल स्थापनाका लागि पहल गर्न मन्त्रालय पठाउने निर्णय भएको हो ।
शिक्षण अस्पतालका लागि नेपाल ट्रष्टको ऐन नियम बमोजिम प्राप्त गर्नको लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर एकलाई अनुरोध गर्ने उक्त छलफलले निर्णय गरेको छ । शिक्षण अस्पताललाई आवश्यक भएको धनकुटा नगरपालिकाको वडा नम्वर ७ चुलिवनमा रहेको नेपाल ट्रष्टको नाममा रहेको जग्गा हाल निजामती आवासिय विद्यालयले लिजमा लिई प्रयोग गरेको जग्गा समेत यकिन गरि विद्यालयलाई आगामि दिनमा आवश्यक पर्ने जग्गा कति हो सो को पुन यकिन गरी बाँकि रहेको जग्गा उपलब्ध गराउन मन्त्रालय संग पलह गर्न आग्रह गर्ने निर्णय भएको छ ।
नेपाल ट्रष्टका नाममा भएको धनकुटा नगरपालिका वडा नम्वर ७ चुलिवनमा रहेको जग्गाका विषयमा नेपाल ट्रष्टका पदाधिकारीहरु सँग बैठक बसि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी डाक्टर घिमिरेले बताउनु भयो ।
उत्त छलफलमा गत कार्तिक २३ गतेदेखि हालसम्म जग्गा छनौटका लागि सरोकारवाला सँग बसि धनकुटामा भएका सबै गतिविधिका निर्णयहरुको सुनुवाई गरीएको थियो । छनौट गरिएका जग्गाहरुमा निजामति आवासियले उपयोग गर्दै आएको जग्गा, रेशम खेति विकास कार्यक्रमका नाममा रहेको जग्गा र बहुमुखि क्याक्पसले उपयोग गर्दै आएको सिएमए क्याम्पसको जग्गा रहेका छन् ।
कार्तिक २३ मा गरिएको निर्णय पश्चात २०७६ मंसिर एक गते निजामति आवासिय विद्यालयका प्रधानाध्यापक र प्रहरी उपरिक्षक सहितको टोलिले जग्गाको स्थलगत अध्ययन अवलोकन गरी विद्यालयलाई एक सय ३४ रोपनी आवश्यक नपर्ने ठहर गरी ९४ रोपनी जग्गा भए पुग्ने भनि बाँकि रहेको जग्गा शिक्षण अस्पताल लाई दिने भनि निर्णय गरीसकिएको नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्यहरु र कर्मचारिहरु सँग भएको छलफलमा प्रमुख जिल्ला अधिकारीले जानकारी गराए ।
उनका अनुसार सोहि दिन धनकुटा बहुमुखि क्याम्पसले उपयोग गरीरहेको सिएमए क्याम्पसको जग्गा समेतको स्थलगत अध्ययन अवलोकन गरी संरचना हेर्दा प्रदेश सरकारले चाहेको खण्डमा तत्कालै शिक्षण अस्पतालका केहि कक्षाहरु सञ्चालन गर्न सकिने महसुस गरि आङ्गगिक क्याम्पसका रुपमा सञ्चालन गर्दा राम्रो हुने सल्लाह बमोजिम उक्त क्याम्पसको २ सय ५० रोपनी जग्गा प्रदेश सरकारले मानेमा शिक्षण अस्पताल सहज रुपमा सञ्चालन गर्न सकिने प्राङ्गगिक टिमले निर्णय गरेको छ । रेशम खेती विकास कार्यक्रमको नाममा रहेको ४७ रोपनी जग्गा समेत लिने भनि निर्णय गरेको र कृषि ज्ञान केन्द्र र रेशम खेती कार्यक्रमको कार्यालय सञ्चालन भएको रेशम खेतीका किम्बुका विरुवा भएको जग्गाको बैकल्पिक व्यावस्था गरी उक्त जग्गामा पनि शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको छलफलमा जानकारी गराएका छन् ।
उक्त निर्णय बमोजिम जग्गा प्राप्तिका लागि प्रगती, फिल्डबुक, नक्सा सहितको प्रस्ताव सामाजिक विकास मन्त्रालयमा पठाई सकिएको र यो निर्णय समेत सामाजिक विकास मन्त्रालयमा पठाउने प्रमुख जिल्ला अधिकारी डाक्टर घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरेको अध्यक्षतामा भएको सरोकारवाला निकायहरु सँगको छलफल पछि स्थलगत अवलोकन गरीएको थियो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरेको अध्यक्षता एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा नेपाल ट्रष्टको कार्यालयका शाखा अधिकृत शोभित रिजाल, उपसचिव धुब्र प्रसाद अर्याल, अशोक भट्राई, नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्यहरु याङजोम शेर्पा, सिताराम सापकोटा, प्रविन दाहाल, प्रदेश सभाका सदस्य माननिय कुसुम श्रेष्ठ, निरन राई, जिल्ला समन्वय समितिका उपाध्यक्ष बंगला कुमारी राई, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरीक समाज, बुद्धिजीवि लगायतको उपस्थितिमा शिक्षण अस्पताल स्थापना तथा सञ्चालनका लागि छलफल गरिएको हो ।