विराटनगर ः प्रदेश १ को कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विराटनगरमा सम्पन्न कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तारक्रिया कार्यक्रमका सहभागीले यो प्रदेशमा कृषिको अधिक सम्भावना रहेको बताए ।
महासंघका प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेशमा कृषिमा देखिएका समस्या, कृषकको उत्थानको सम्भावना र कृषि व्यवसाय प्रवद्र्धनको विषयमा छलफल भयो ।
 कृषिजन्य वस्तु निर्यात गर्न सकिने उल्लेख गर्दै चिया, अदुवा, सुपाडी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउन विभिन्न खड्काले बताए । भने,‘‘महासंघले पनि लगानीका संभावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको छ । यसको प्रतिवेदन तयार हुनेछ ।’’
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कृषि उपजमा भेल्यु एड गर्नुपर्ने तथा सबैले स्वदेशी उत्पादनको खपत गर्नु पर्नेमा जोड दिए । महासंघका केन्द्रिय सदस्य अविनाष बोहराले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएको हुँदा किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनुपर्ने उल्लेख गर्दै भने,‘‘कृषिमा प्रशस्त संभावना छ तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचेअनुसार निर्यात हुन सकेको छैन ।’’ उनले कृषि क्षेत्रको प्रवर्धनका लागि सरकारले कानुनमा सुधार गरी कृषिलाई औद्योगीकरण गर्नु पर्ने सुझाव दिए ।
  कार्यक्रमका माछामा पोखरी बनाउन मात्र नभएर पहिलो तीन वर्षसम्म कृषिकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रुग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासको लागी खाली रहेका पहाडी भुभागहरुमा चिया, अलैंची, अदुवा खेतीको बृद्धि गरिनुपर्ने, बजारमा विक्रि नभएका किसानका कृषि उपजहरु सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्ने, स्वदेशी बीउविजनको संरक्षण र बीउ उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए ।
विभिन्न जिल्लाका ६० जना कृषि व्यवसायहरु, जिल्ला÷नगर उद्योग वाणिज्य संघ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए । समापन मन्तव्य दिदैं महासंघ प्रदेश नं. १ का कोषाध्यक्ष रमेश राठीले कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।