इलाम ः इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई ५ को सोयाङ जोड्ने दुधाङमा पक्की पुल निर्माणका लागि ५ वर्ष अघि नै ठेक्का लागे पनि अहिले सम्म अलपत्र परेको छ ।
आर्थिक वर्ष २०७०÷०७१ मा नै सडक डिभिजन कार्यालयले ६ करोड १२ लाख ९२ हजारमा ठेक्का लगाएको थियो । दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नु पर्ने पुल ठेकेदार कम्पनी र सडक विभागको लापरवाहीका कारण अहिले सम्म बन्न सकेको छैन् ।
सदरमुकामबाट माई जोगमाई गाउँपालिकाको केन्द्र जोड्ने मुल सडकमा पर्ने माईखोलाको दुधाङबेँसीमा पक्की पुल बनाउन थालिएको छ बर्ष बितिसकेको छ । चार वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आउनुपर्ने यो पुलको काम आधा पनि भएको छैन । नेशनल निलगिरी जेभी नामको निर्माण ब्यवसायी कम्पनीले ठेक्का लिएको उक्त काम सम्झौता भएको दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने थियो । तर निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी र निर्माण कार्य गराउने सडक डिभिजनले वास्तै नगरेपछि आजसम्म पुलको काम आधा पनि हुन नसकेको हो । यहाँ पुल नबनेका कारण बर्षायाममा गाडि कुद्दैनन् । बर्षाद्मा सन्दकपुर गाउँपालिका ५ को जमुना, माई जोगमाई ६ को प्याङ र ५ को सोयाङका बासिन्दाले यातायातको साधन प्रयोग गर्न नै पाउँदैनन् ।
पक्की पुल नबनिदिँदा स्थानीयले बर्षौँदेखि प्रयोग गर्दै आएको झोलुङ्गेबाट वारपार गर्ने गरेका छन् । गाडि नचल्ना समय बढी खर्चर्नु पर्छ भने मानिसले नै भारी बोकेर आवतजावत गर्नुपर्दा धेरै जसो स्थानीयलाई सास्ती हुने गरेको छ ।
इलाम सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी बृद्धि कार्यक्रममार्पmत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ । उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा यो बाटोमा बर्षाद्का चार महिनाभन्दा बढी गाडि कुद्दैनन् ।
त्यस्तै इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो ।
पुलको आधा भन्दा बढि निर्माण गरेर निर्माण नै अलपत्र पारेपछि उक्त सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ । वर्षामा सुखानीमा खहरे बाढि आएपछि गाडि संचालन हँुदैन । ‘बिरामी र विद्यार्थी ओहोरदोहोर गर्न समस्या छ । पटक पटक जिम्मेवार निकायमा जानकारी गराउँदा पहल भएन । हामी थाकिसक्यौँ’, नेपाली काङ्ग्रेसको माई नगरपालिका सभापति समेत रहेका दानाबारीका स्थानीय बासिन्दा कृष्ण खाकीले भने । इलामको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी तथा माङ्सेबुङ गाउँपालिकाका विभिन्न ठाउँबाट हाट बजार भर्न झापा, खुदुनाबारी, शनिश्चरे, विर्तामोड जस्ता शहरहरुमा जाने मुख्य सडकमा पर्ने पुल अहिले सबैको रमिता बनेको छ । हिउँदमा खोलामा पानी नै हँुदैन यस्तो बेलामा पनि निर्माण कार्य ठप्प पारेर वर्षौँदेखि ठेकेदार बेपत्ता भएका छन् ।
पुल निर्माण छाडेर हिँडेको निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दासमेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ ।
भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता भएपनि २५ लाख जतिको काम अधुरै रहेको डिभिजन सडक कार्यालयका डिभिजनल इञ्जिनियर खड्गलाल श्रेष्ठले बताए । स्ल्याब हालेपनि पुलका अन्य निर्माण र एक्सेस रोड पनि बाँकी छाडिएको छ । ‘पटकपटक ताकेता गर्दा पनि भएन अब कालो सुचिमा राख्ने, ठेक्का सम्झौता रद्द गर्ने प्रकृया अगाडि बढाउने उनले बताए । सडक डिभिजनले भने निर्माण ढिलाई भएमा ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइने मात्रै दोहो¥याउँदै आएको छ । सरकारले काम ढिलाईगर्ने निर्माण गर्ने कम्पनीलाई कार्वाहि गर्ने भनेर भने पनि कार्वाहि गर्न नसक्दा करोडौँ रुपैँया खेर गहीरहेको छ ।