इटहरी ः नेकपाको लालकिल्लाका रुपमा राजनितिक इतिहासमा कायम भइको धरानमा शनिवार सम्पन्न उप निर्वाचनको हालसम्म प्राप्त मत परिमाणले नेपाली कांग्रेसले लालकिल्ला तोड्ने संभवान बढेर गईरहेको छ । १३ वटा वडाहरुको मतगणना सकिदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार भएका तिलक राईले २ हजार २० मतले अग्रता लिएका छन् ।
तिलक राईले १९ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । नेकपाका मेयर पदका उम्मेदवार प्रकाश राईले १७ हजार ६ सय ११ मत प्राप्त गरेका छन् । १३ वडाको ४० हजार ६ सय २ मत गणना भईसकेको छ । बाँकी वडाहरुमा पनि नेपाली कांग्रेसले नै अग्रता लिने दावी गरिएको छ । आज साँझसम्ममा धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उप निर्वाचनको अन्तिम नतिजा आईसक्ने छ ।