इटहरी ः शनिवार भएको उप निर्वाचनमा धरानमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार तिलक राई विजयी भएका छन् । धरानको राजनितिक इतिहासमा २८ बर्षपछि नेपाली कांग्रेसले आफ्नो पोल्टामा जित हासिल गरेको हो । २८ बर्षसम्म नेकपाले आफ्नो आधार इलाका लालकिल्लाका रुपमा लिएको धरानमा नेपाली कांग्रेसको जीतलाई नेपाली कांग्रेसले ऐतिहासिक भनेको छ । नेकाका मेयर पदका उम्मेद्वार तिलक राईले नेकपामा मेयर पदका उम्मेद्वार प्रकाश राई भन्दा २ हजार ७ सय ९५ मत बढीले पराजित गरेका हुन् । ०७४ सालको निर्वाचनमा धरान उपमहानगरपालिकामा मेयर पदका नेकपामा तारा सुब्बा निर्वाचित भएका थिए । त्यसबेला तिलक राई पराजित भएका थिए । मेयर सुब्बाको निधन पछि धरान मेयर बिहिन भएको थियो ।

    मेयर पदमा विजयी भएका राईले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्रै प्राप्त गरेका छन् । मेयर पदका विजयी भए लगत्तै राईले अब आफु नयाँ तरिकाबाट धराने जनताको सेवा लाग्ने प्रतिक्रिया दिएका छन् । धराने जनताहरुको विकास सपनामा र चाहनामा कहिले नै कमि नआउने गरि आफु आफ्नो कार्यकाल भरी लागि पर्ने मेयर पदमा विजयी हुने राईले बताएका छन् ।

 विजयीसंगै कांग्रेसले यतिबेला धरानमा बिशाल विजयी जुलुश निकालेको छ । उनको विजयलाई पार्टीको ऐतिहासिक विजय भन्दै विराटनगर, इनरुवा लगायत झापाबाट नेपाली कांग्रेसका नेताहरु धरान भेला भएका छन् । कांग्रेसबाट ०७४ सालको निर्वाचनमा मेयर पदका निर्वाचित भएका मेयरहरुले धरानमा विजयी भएका तिलक राईलाई बधाई तथा ुशभकामना दिएका छन् । यता , इटहरी नगरका सभापति हेमकर्ण पौडेलले समाजिक संजाल फेसबुकमा स्टाटस हालेर बधाई तथा शुभकामना दिएका छन् । उनले स्टाटसमा धरानका जनताको भावनामा चोट नपुर्याई मुहार खुसी पार्ने यो ऐतिहासिक जिम्मेवारी नेपाली कांग्रेसले प्राप्त गरेको छ भनि लेखेका छन् ।