इटहरीः सोलुखुम्बुको स्याङबोचेमा सन १९७२ मा होटल एभरेस्ट भ्यु निर्माण गर्ने पर्यटन व्यवसायी ताकासी मियाहाराको मृत्युले खुम्बु शोकमग्न भएको छ। ३८८० मिटर उचाइमा विश्वको सबैभन्दा अग्लो स्थानमा होटल बनाएर खुम्बु क्षेत्रमा पर्यटकिय चहलपहल ल्याउने व्यवसायी मियाहाराको गत सात गते सनिवार भएको थियोे । पेटको क्यान्सरले पीडित ८५ बर्से मियाहाराको काठमाडौको मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो। मृत्यु पछि मियाहाराको चाहाना अनुसार होटल एभरेस्ट भ्युको अगाडि ११ गते अन्तिम दाहसंस्कार भएको होटल एभरेस्ट भ्युका म्यानेजर आङ नुरु शेर्पाले जानकारी दिए। आफ्नो अन्तिम संस्कार शेर्पा परम्पराले सगरमाथा अगाडि गर्दिन भनेकोले श्याङबोचेमा अन्तिम संस्कार भएको नियाहारासग तीस बर्ष देखी काम गरेका शेर्पाले बताए।
 सन १९६२ मा पर्यटकको रूपमा जापानबाट नेपाल आएका मियाहाराले पछि यहि व्यवसाय गरे। नेपाली नागरिक बने। उनले नेपाल खासगरी सगरमाथा क्षेत्रमा अत्यन्तै काम गरेको खुम्बु पासाङलामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी बताउछन् । ूमैले १०।११ बर्षको उमेरमा श्याङबोछे विमानस्थलमा एकपटक मात्रै उहाँलाई देख्न पाएू, नेपाल समयसग बोल्दै अध्यक्ष अधिकारीले भने,उहाँले होटल एभरेस्ट भ्यु खोलेर मात्रै होइन, यहाँ हरियो तर्कारी उत्पादन देखि स्याङ्बोचे विमानस्थल निर्माण लगायत अन्य थुप्रै पुर्वाधार निर्माणमा पनि धेरै योगदान गर्नु भएको छ। हरियो तर्कारी उत्पादन नगर्ने खुम्बु क्षेत्रमा जापानबाट तर्कारी ल्याएर उत्पादन गर्ने र काठका सुन्दर घर निर्माणको काम मियाहाराबाट भएको अधिकारीले बताए ।   अधिकारी मात्रै होइन खुम्बु पासाङ गाउँपालिका अध्यक्ष ङीम दोर्जी शेर्पाले मियाहाराको मृत्युले खुम्बु क्षेत्रमा ठूलो असर गरेको बताए। उनले भने, खुम्बुमा पर्यटन क्षेत्रमा उहाँको अतुलनीय योगदान छ ।
नेपालमा आएर ज्ञानु राणासग बिहे गरेका मियाहाराकी छोरी सोनियाले बिगत छ बर्षबाट होटल एभरेस्टको नेतृत्व गर्न थालेको होटलका म्यानेजर आङ नुरु शेर्पाले बताए । विश्वको सबैभन्दा अग्लो र ३६० डिग्रीमा सगरमाथा सहित हिमालय क्षेत्र देख्न सकिने होटल एभरेस्ट भ्युमा २६ जनाले रोजगार पाएको म्यानेजर शेर्पाले बताए।