विराटनगर ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिना भित्र गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् ।
नागरिक उड्ययन प्राधिकरणले सोमबार विराटनगरमा आयोजना गरेको विराटनगर विमानस्थलको गुरु योजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
प्रदेश १ लाई पर्यटनको सर्वोत्कृष्ट गन्तव्य बनाउन विमानस्थलको स्तरोन्नती आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राँईले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिदै विराटनगरवाट लुक्काका साथै हिमाली उडानमा सवैको सहयोग रहने बताए ।
उनले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र रहेको भएको प्रदेश नं १ मा यसको विकासवाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेकोको बताउदै तीव्र गतिमा आर्थिक विकासका लागि सवैसंगको सहकार्य गर्ने धारणा व्यक्त गरे ।
विराटनगरलाई आधार बनाएर भारत बङ्गलादेशसम्मका पर्यटकहरु भित्राउने योजना रहेको बताउँदै विराटनगर विमानस्थलको गुरु योजनालई परम्परागत तवरले मात्र नसोच्न उनले आग्रह गरे। विराटनगर विमानस्थललाई क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रदेश सरकारले संघिय सरकारसंग सहकार्य गर्ने बताए ।
उनले प्रदेश सरकारले विराटनगर विमानस्थलाई प्रदेशको आर्थिक संमृद्धिको महत्वपूर्ण अंग मानेको बताउँदै यहाँबाट माउण्टेन फ्लाइट, अन्तर प्रदेश स्तरीय उडान र छिमेकी देशसंगको उडान चाडै सञ्चालन हुनेगरी कार्य अगाडि बढाउन संघिय सरकारलाई आग्रह गरे ।