धरानःनिर्वाचनको कुरा उठ्दा धरानलाई कम्युनिष्ट गढ वा लालकिल्ला भनिन्थ्यो । २०१५ साल पछिका सबै चुनावमा कम्युनिष्टको जितले धरानले पाएको यो उपमा स्वभाविक थियो । तर, अब धरान लालकिल्ला रहेन ।
 ५० वर्षको बामपन्थीको ईतिहासलाई नेपाली कांग्रेसले तोडिदिएको छ । बामपन्थीहरुको किल्लालाई कांग्रेसले मंसिर १४ गतेको उपनिर्वाचनबाट इतिहासमै ब्रेक लगाईदिएको छ । मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले धरानमा कांग्रेसले ऐतिहासिक जित दर्ता गराउदै लालकिल्ला तोडेको छ ।
धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा कम्युनिष्टका तर्फबाट उम्मेदवार बनेका प्रकाश राईलाई २७ सय ९५ मतको मतान्तरले हराउँदै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले धरानको बामपन्थीको गढलाई भताभुङग पारिदिएका छन् ।
  २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत धरानवासीले एमालेलाई मत दिएका थिए । चुनावको दिनसम्म पनि नेकपाले थोरै मतले भएपनि चुनाव जित्ने धेरैले लख काटेका थिए । तर, झण्डै ६० प्रतिशत मत खसेको धरानमा नेकपालाई पराजित गर्दै कांग्रेस विजयी हुन पुग्यो ।
धरानलाई बामपन्थीहरुको लालकिल्ला मानिदैं आएको थियो । विराटनगरका स्थानीय तत्कालिन एमालेका नेता मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला सुब्वा श्रेष्ठ, किरण राई लगायतले यही धरानबाट चुनाव जितेका थिए ।
 सुनसरीको धरान नगर सधैँ नै कम्युनिष्टको गढ रही आएको हो । तर मंसिर १४ गतेको उपनिर्वाचनले कांग्रेसले ऐतिहासिक बामपन्थी किल्ला तोडेको छ । कम्युनिष्ट जनप्रतिनिधीहरुले जनपक्षीय काम गर्न नसक्दा भोट सिप्mटिङ भएकाले किल्ला यस पटक तोडिएको राजनितिक विश्लेषकहरुको भनाई छ । विकसित देशहरुमा जनताको अपेक्षा अनुसार काम हुन नसकेमा निर्वाचनकै माध्यमबाट सरकार बदल्ने परिपार्टी भोट सिफ्टिङ नेपालमा पनि लागु भएको राजनितिक विषयमा सह प्राध्यापक अमृत कुमार श्रेष्ठको भनाई छ । जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसक्दा अर्को विकल्प खोजिएको उनले बताए । उनले भने, ‘अहिले जितेको पार्टीले पनि अढाई वर्षमा जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेन भने फेरि अर्को विकल्प खोज्छन्, यसैलाई पर्खिरहन्छन्, भन्ने हुदैन् ।’
नेपालमा पहिलो पटक बहुदलीय व्यवस्था अन्तर्गत २०१५ साल यता स्थानीय निकाय बामपन्थीकै नेतृत्वमा रहेको थियो अझै पनि रहेको छ । २०४८ साल यता सुनसरीको क्षेत्र नम्बर १ धरानबाट वामपन्थी बाहेक अरू सांसद चुनिएका छैनन् । यसपालि मेयरमा कांग्रेसका तिलक राईलाई निर्वाचित गरेर धरानले ६० वर्षदेखिको त्यो अविछिन्न इतिहासमा ‘ब्रेक’ लगाइदिएको छ ।
  धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राईले कम्युनिष्ट उम्मेदवार प्रकाश राईलाई २७ सय ९५ मतान्तरले लालकिल्ला गढ भत्काईदिएका छन् । बामपन्थीहरुले जित्दै आएको धरानमा इतिहास बदलिएको छ । मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला सुब्वा श्रेष्ठ, किरण राई लगायतले यही धरानबाट चुनाव जितेका थिए भने स्थानीय निकाय पनि हरेक पटक कम्युनिष्टकै पोल्टामा रहेको थियो ।
  लामो समय देखि संक्रमणकालमा रहेको देशलाई जनप्रतिनिधीहरुले निकाश र विकाश दिन्छन् भन्ने जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा पनि धरानमा कम्युनिष्टहरुको हारको कारण बनेको ईतिहास शास्त्री हरि प्रसाद दाहालको भनाई छ । उनले भने, नेकपाले दुई वर्षमा गरिसक्नु पर्ने काम नगरेको, वडाका स्थानीयको चाहना अनुसार काम नभएको र जनताको ईच्छा अनुसारको काम भएन भन्ने गुनासो आउदा पनि त्यसलाई किन भएन भनेर जनप्रतिनिधी र पार्टीले चिरेर जानु नसकेकाले पार्टीले हार व्यहोर्नु परेको हो ।’ लामो समय देखि परम्परागत रुपमा जितीरहेको अवश्थामा यसै पनि जितिन्छ भनेर ढुक्क बस्नुको कारणले पनि हार निर्वाचनले देखाएको उनले बताए ।
विगतमा एमालेको बर्चश्व रहेको धरानमा विकासका नाममा सिमीत काम सत्ता हाक्ने दलहरुबाट भएको बुझाइ जनतामा रहेको छ । स्थानीय तहमा, अपारदर्शीता, करको सन्दर्भ, नागरिकता बनाउने, घर नक्साका काम लगायतले वडामा स्थानीयको असन्तुष्टि रहँदै आएको छ । जसमा नेकपाको कार्यशैलीले सहजता दिलाउन नसक्दा लालकिल्ला तोडिएको छ । एमालेले बर्चश्व राखेको धरानमा माओवादीसँग एकता भएपछि तल्लोतहका कार्यकर्ता भने अन्योलमा रहेका थिए । माथिल्लो तहमा दुईपार्टी बीच एकता भएपनि तल्लो कार्यकर्तामा भने अझै अन्योल देखिनु अर्को कारण रहेको विश्लेषकहरुको भनाई छ ।