दुहबी ः सुनसरीको दुहबी नगरपालिकाको ८ नम्वर वडा कार्यालय भबन निर्माण हुने भएको छ । वुधवार एक कार्यक्रमकाविच वडा कार्यालय भबनको शिलान्यास भएको छ । निर्माण हुन लागेको भबनको एक समारोहका बीच नगर कार्यपालिकाका प्रमुख दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शिलान्यास गरे । भाडाको घरमा बस्दै आएको आठ नम्बर वडा कार्यालयको भबन निर्माण हुन लागेको हो । भबन आधुनिक नक्सामा निर्माण हुन लागेको दुहबी नगरपालिकाका इन्जीनियर रामकुमार यादवले जानकारी दिए ।
भबनको लागत ७७ लाख २० हजार लाग्ने अनुमानित बजेट तयार गरिएको छ । यस आर्थीक बर्षमा वडा कार्यालयको भबन निर्माण लागि नगर कार्यपालिकाले यस आर्थीक बर्षमा बजेट बिनियोजन गरेको जनाएको छ । २०७६ साल असार १८ गते हरीना निर्माण सेवा श्रीपुर ३ सँग वडा कार्यालयको ७ कोठे भवन सम्झौता भएको २०७७ साल असार १८ गते समपन्न हुँनेछ । शिलान्यास कार्यक्रम पछि नगरप्रमुख गच्छदारले भबनको गुणस्तरीयमा कसैसंग सम्झौता नहुने बताए । उनले नगर लाई सम्बृद्ध बनाउदै लैजाने क्रममा नगरपालिकाको प्रत्येक वडाको आफनै भबन बन्नु पर्दछ भन्ने मान्यता आफुले राखेको र सोही बमोजिम कार्य गर्दै आएको बताए । सेबा लिन पाउने अधिकार लाई सहजता दिन नागरिककै चाहना बमोजिक नगरकार्यपालिका अघि बढेको उनले बताए ।
आठ नम्बर वडा कार्यालयको भबन सोनापुर चौक नजिक बन्ने छ ।आठ नम्बर वडाका वडाअध्यक्ष तारिचन्द सरदारले भबनको शिलान्यास गरेर मात्रै नपुग्ने र यस्को समयमै सम्पन्न हुनु पर्दछ भन्ने वडा कार्यालयको योजना रहेको बताए । वडाको आफनै भबन निर्माण भएपछि सेबाग्रही लाई सेबा लिन सजिलो हुने सरदारले बताए । जनता लाई पायक पर्ने स्थानमानै वडा कार्यालयको भबन निर्माण गर्न लागिएको वडा अध्यक्षले बताए ।
भवन निर्माण सगै ठूलो संख्यामा रहेका वडाबासी हरुलाइ राहत मिल्ने स्थानिय बुद्धिजिबि,लगायतहरुको भनाइ रहेको छ । कार्यक्रम संचालन नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ सुनसरीका सचिव ओम थापाले गरेका थिए । वडा कार्यालय भबनको शिलान्यास कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साह, दुहबीका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेल,राजनितिक दलका प्रतिनिधि, समाजसेवी, संघ संस्था तथा सुरक्षा निकायका प्रतिनिधिहरु लगायत स्थानियवासीहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।