धरानः अपाङ्गता भएका व्यक्तिहरुका २८ औं अन्तराष्ट्रिय दिवसमा धरानमा विविध कार्यक्रम सहित मनाईएको छ ।
मंगलबार धरान उपमहानगरपालिकाको प्रागणमा सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर, वैशाखी र अन्य आवश्यक सामग्रीहरु वितरण गरिएको थियो । धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना र अपाङ्गता पुनस्थापना तथा असाय सेवा केन्द्र, धरान ८ को समन्वयमा सम्पन्न कार्यक्रममा क र ख वर्गका परिचय पत्र प्राप्त गरेको विपन्न तथा सुकुम्बासी समुदायका अपाङ्गता भएका २० जनालाई विभिन्न सामग्र वितरण गरिएको थियो । वितरण भएको समाग्रीहरुमा ह्वील चियर ११, ट्राई साईकल १, सेतो छाडी ४, वकर १, बैशाखी ३ थान वितरण गरिएको महाशाखाकी सहायक महिला विकास निरिक्षक गंगा देवी खापुङ्गले जानकारी गराए ।
नगर स्तरिय अपाङ्गता समन्वय समितिकी अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यवहाक नगरप्रमूख मञ्जु भण्डारी सु्वेदीले धरानमा अपाङ्गता भएका व्यक्तिहरुको लगत तयार गरेर उनिहरुका लागि विभिन्न योजना तथा परियोजना संचालन गर्ने वताईन । अपाङ्गता भएका व्यक्तिहरु सँग फरक क्षमता हुने भएकाले सपाङ्गले भन्दा बढी गर्नसक्ने झकम घिमिरेको उदाहरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले अपाङ्गता दिवशको बारेमा चर्चा गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेकि थिईन् ।