इटहरीःसुनसरीको इटहरीस्थित पाथिभरा सेकेण्डरी स्कुलले गरेको प्रथम पाथिभरा आईडलको उपाधी सरस्वती गुरुङ र मनिता लिम्बुले जितेका छन् । दुई बिधामा गरिएको प्रतियोगितामा गायनतर्फ गुरुङले र नृत्यतर्फ लिम्बुले उपाधि जितेका हुन् ।
प्रथम अडिसनमा सय जनाले भाग लिएको पाथिभरा आईडलबाट ४२ जना मेघा अडिसनमा पुगेका थिए भने मेघा अडिसनबाट २५ जना सेमिफाईलनमा पुगेका र २५ जनाबाट शुक्रबार फाईनल गरिएको स्कुलका प्रिन्सिपल गोपाल श्रेष्ठले जानकारी दिए ।
प्रिन्सिपल श्रेष्ठले गायन तर्फ कक्षा ८ का राज सिंह द्वितीय र कक्षा ९ का सुमन गुरुङ तृतीय भएका छन् । यस्तै नृत्यतर्फ कक्षा ९ की रेजिना गुरुङ द्वितीय र कक्षा ७ की खुसी पौडेल तृतीय भएका प्रिन्सिपल श्रेष्ठले बताए ।
बिजेता बनेका कक्षा ९की सरस्वती गुरुङ र कक्षा ८ का मनिता लिम्बुलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरी द्वितीय भएका राज सिंह र रेजिना गेलाललाई नगद तीन हजार ट्रफि र प्रमाण पत्र यस्तै तृतीय भएका सुमन गुरुङ र खुसी पौडेललाई नगद तीनहजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । बिजेता एवं उपबिजेताहरुलाई प्याब्सनका केन्द्रिय अध्यक्ष टिका राम पुरी, बिद्यालयका प्रिन्सिपल गोपाल श्रेष्ठ, स्कुलका नारद उप्रेतीलगायतले पुरस्कृत गरेका थिए ।
फाईनलमा पुगेका सबैजनालाई गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्रदान गरिएको थियो ।