इलामःइलाम नगरपालिका क्षेत्रमा ९८ घर दलित घरबार विहीन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले गठन गरेको नगरस्तरिय दलित समन्वय समितिले सार्वजनिक गरेको रणनीतिक गुरु योजनामा ९८ घर परिवार घरबार बिहीन भएको पाइएको हो । तथ्याड्ढ अनुसार उनीहरु कोही ओइलानी त कोही अर्काको जग्गा वा भाडाको घरमा बसोबास गरिरहेको दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइलीले जानकारी दिए ।
इलाम नगरपालिकाले घरवार विहीनलाई आवास उपलब्ध गराउन भन्दै आर्थिक वर्ष २०७४÷०७५, २०७५÷०७६ मा ५० ÷ ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । दुवै आर्थिक वर्षको बजेट खर्च नभएपछि चालु आर्थिक वर्ष २०७६÷०७७ भने उक्त कार्यक्रम हटाइएको छ । दलित आवास कार्यक्रम घोषणा गरिएपनि प्रष्ट नीतिको अभावमा कार्यान्वयन गर्न नसकेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन । उनीभन्छन घरमात्रै बनाएर दिदा कोही पनि बस्न नचाहाने र घर जग्गको स्वामित्व उनीहरुको हुने कि नहुने भन्ने प्रष्ट ब्यवस्था नभएकाले दलित आवास कार्यक्रम कार्यान्वयन हुन नसकेको भनाई छ । बस्नेतले नीति कार्यक्रम मार्फत दलितहरुको समस्या समाधान गर्दै जाने र गुरुयोजनाको दस्तावेजले दलित समुदायको क्षेत्रमा काम गर्न निर्देशीत र प्रेरित गरेको बताए ।
इलाम नगरपालिकामा सात सय एक दलित समुदायको घर रहेको छ । त्यसमध्ये छ सय तीन घर परिवारको नाममा भने जग्गा जमिन भएको उल्लेख छ । छ सय परिवारको जग्गा भएपनि आफ्नो उत्पादनले बर्षभर खान पुग्ने परिवारको संख्या भने ज्यानै न्यून छ । नगरक्षेत्रमा रहेका छ परिवारलाई मात्रै आफ्नो उत्पादनले वर्षभर खान पुग्छ । चारसय ३० परिवारलाई आफ्नो उत्पादनले तीन महिना मात्रै थेग्ने गरेको स्थिति छ । आफ्नो उत्पादनले छ महिनासम्म थेग्ने परिवारको संख्या १३ मात्रै छ । आफ्नो उत्पादनले खान पुगेर बचत हुने परिवारको संख्या एक घर मात्रै रहेको छ । इलाम नगरपालिकामा तीन हजार दुईसय ५२ दलितको जनसंख्या छ ।
इलाममा अझैपनि बालिघरे प्रथा कायम रहेको पाइएको छ । कृषि औजार र सिलाइ बुनाइ पेशामा रहेका ३५ परिवार अहिले पनि बालिघरे प्रथामा काम गर्ने गरेको तथ्याड्ढमा उल्लेख छ । । बालिघरे प्रथामा काम लगाउँदा उनीहरुको दैनिक गुजारा नचल्ने भएकाले बालिघरे प्रथाको चर्को विरोध हुने गरेको भएपनि परम्परागत पेशामा रहेकाहरुले भने अहिलेसम्म बालिघरे प्रथा छाड्न सकेका छैनन् ।
साहुुमाबाट ऋण लिनेको संख्या पनि पाइएको छ । इलाम नगरपालिकाका ६६ परिवारले साहुबाट ऋण लिएको पाइएको हो । तथ्याङ्क अनुसार सात सय एक परिवार मध्ये चारसय ६५ परिवारले ऋण लिएका छन् । एकसय ३० परिवारले वैंकबाट, एकसय ३ परिवारले सहकारी संस्थाबाट, ४१ परिवारले समुहबाट ऋण लिएका छन् भने एकभन्दा बढि श्रोतबाट ऋण लिने परिवारको संख्या एकसय २५ रहेको छ । तीमध्ये धेरैले घर खर्चकै लागि ऋण लिएको पाइयो । १३६ परिवारले घरखर्च चलाउनको लागि ऋण लिएको तथ्याङकमा उल्लेख छ । ५० परिवारले कृषिका लागि, २५ परिवारले उद्यमको लागि, १८ ले वैदेशिक रोजगारीमा जान र १८ परिवारले औषधी उपचारको लागि ऋण लिएका हुन् ।