इटहरीःइटहरीको मुख्यचौंकबाट पश्चिमउत्तरमा रहेको सुर्य कम्प्लेक्सको माथिल्लो तल्लामा संचालित बिग वार गएर राती जलेर ध्वस्त भएको छ । बारबाट इलेक्ट्रिक सट भएर राती पौने १ बजेबाट आँगलागी सुरु भएको थियो । आँगलागीबाट पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ र युवा व्यवसायी किरण बिसीको लगानीमा संचालित थियो । आँगलागीबाट ३ करोडबढीको क्षति भएको छ ।
आँगलागी हुनसाथ इटहरी, धरान, इनरुवा, दमक , विराटनगर लगायतबाट दमकल आएर आँगो नियन्त्रण थालेका थिए । करिब ३ घण्टाको प्रयासपछि आँगो नियन्त्रणमा आएको थियो । आँगलागी नियन्त्रणमा जनपथ प्रहरी, शसस्त्र प्रहरी , नेपाली सेना, बारुण यन्त्रका आँगो नियन्त्रक कर्मचारी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।
बिग वारमा लागेको आँगोबाट संगै रहेको पाथीभरा मेडिकल सेन्टर, ग्लोबल आईएमि बैंक र सिजिको इलेक्ट्रिक पसल भने जोगिएको छ । सबैको ठूलो प्रयासमा सो भवनमा रहेका अन्य व्यवसायीक पसलहरु जोगाउन सफल भएको पाथीभरा मेडिकल सेन्टरका संचालक जीवन शेर्माले बताए ।
आँगलागीको कारण बजारको नक्कली तार
इटहरीमा बर्षेनी आँगलागीका घटना हुन थालेका छन् । अहिलेसम्म भएका सबै आँगलागीका घटना विद्युत सर्टकै कारण भएका छन् । बजारमा आएका इलेक्ट्रिक तारहरु नक्कली आएका कारण विद्युतको क्षमता थाम्न नसकेर सट हुने गरेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । व्यवसायीहरुले पनि वारिङ गर्दा बजारमा तारको गुणस्तरको ख्याल नगर्ने र बिक्रेताले पनि बढी नाफा खानका लागि सस्तो गुणस्तरहिन तार बिक्री गर्ने भएकाले विद्युत सटका घटना बढीरहेको पराजुलीको भनाई छ । उनले अब बजार अनुगमन गर्नुपर्ने बताए । उनले व्यवसायीहरुले पनि वारिङ गर्दा तारको गुणस्तरलाई ख्याल गर्नु पर्ने अवस्था आएको बताए ।