कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने

  • मंसिर २२, २०७६
  • ७८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


भोजपुरः भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ ।

वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिले बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ ।

कार्यालय प्रमुख राजनराज रेड्डीले भने, “हालसम्म ५० प्रतिशत बढी काम सकिएको छ, यसलाई निर्धारित समयभन्दा अगाडि सक्ने तयारीका साथ काम गरिरहेको छाँै ।”

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सो पाँच किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको हो । निर्माणको जिम्मा ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले पाएको छ । कम्पनीका प्राविधिक आशिष न्यौपानेले भने, “कामलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ, सबै तवरबाट गुणस्तरीय सडक बन्छ ।”

भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्म आवतजावत गर्न कच्ची सडकले निकै सास्ती हुँदै आएको छ । सडक कालोपत्रको काम अगाडि बढेपछि स्थानीयवासी उत्साहित छन् । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सरोकारवाला पक्षले ध्यान दिन स्थानीयवासीले आग्रह गरेका छन् । सडक कालोपत्रको शिलान्यास प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाखमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सडक दुर्घटनामा परि इ ...

इटहरी: सुन्दरहरैचा–७ गछियापुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ...

सडक दुर्घटनामा परि इ ...

इटहरी: सुन्दरहरैचा–७ गछियापुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ...

गणित र विज्ञान शिक्ष ...

इलामःएसइई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । तर, एसइई परीक्षा नजिकिँदै गर्दा इलामका अधिकांश विद ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved