धरानःधरान जेसीजले नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरेको छ । शनिबार शाखा प्रवेश समरोहमा उनिहरुलाई सपथ ग्रहण गरी सदस्यता प्रदान गरिएको थियो ।
यस वर्ष १२ जना सदस्यहरुलाई शाखा प्रवेशका लागि साधरण सभाबाट अनुमोदन गरिएकोमा ७ जना सदस्यहरुलाई विधिवत रुपमा सदस्यता प्रदान गरिएको हो । बाँकी सदस्यहरुलाई बोट बैठकमा सपथ गहण गराई सदस्यता प्रदान गरिने अध्यक्ष जेसी मनिष शाहीले बताए । शनिबार धरानको पञ्चकन्या मन्दिर परिषरमा आयोजित बनभोज कार्यक्रम सँगै शाखा प्रवेश कार्यक्रम पनि आयोजना गरिएको थियो ।
धरान जेसीज १८ देखि ४० वर्ष सम्मका युवाहरुको संस्था भएकाले यसमा ४० वर्ष भन्दा माथिकाहरु सदस्य बन्न सक्दैनन् । सदस्य बन्नका लागि धरान जेसीजले आयोजना गरेको कम्तिमा ३ वटा कार्यक्रमहरुमा सहभागी भएको हुनुपर्ने र शाखा पूर्व प्रवेश तालिम समेत लिएको हुनुपर्ने धरान जेसीजका वृद्धि तर्फकी उपाध्यक्ष रोस्मिता श्रेष्ठले बताए । धरान जेसीजमा एक वर्ष, एक पद र एक व्यक्ति हुने भएकोले प्रत्येक वर्ष नयाँ नयाँ पदिय जिम्मेबारीको अनुभव बटुल्न पाउने प्रचनल आफुहरुलाई अति नै मन परेको नयाँ सदस्यहरुले प्रतिकृया दिएका थिए । नयाँ नयाँ कुरा सिक्न पाउने, विभिन्न प्रशिक्षणहरु लिन पाउने र भूपू अध्यक्षहरुको अनुभव र सामिप्यता पाउने कुराले आफुहरु धरान जेसीजको सदस्यता लिन ईच्छुक भएको नयाँ सदस्यहरुको भनाई थियो ।
प्रत्येक वर्ष अयोजना गरिने वनभोज कार्यक्रमले नयाँ पुराना सदस्यहरुबीचको सामिप्यता र सद्भाव बढाउने भएकाले सदस्य, पदाधिकारी, भूपू अध्यक्ष र प्रथम महिलाहरुको बाक्लो उपस्थिति हुने बनभोज कार्यक्रमका संयोजक जेसी मणिराज निरौलाले बताए । धरान जेसीजका पूर्व अध्यक्षहरुको क्लवको बैठक बसी धरान जेसीजको दिर्घकालिन परियोजनाको व्यापक छलफल गरी आवश्यक निर्णय समेत गरिएको थियो ।