धरानःलायन्स क्वल अफ दन्तकालीले पूर्वञ्चल ज्ञान चक्षु विद्यालयका बालबालिकाहरुलाई फल फुल वितरण गरेको छ । लाईन्स सप्ताह अन्तरगत विभिन्न कार्यक्रमका आयोजन गर्ने क्रममा यस फलफुल वितरण कार्यक्रम पनि आयोजना गरेको हो । फलफुल वितरण संगै दृष्टीविहिन विद्यार्थीहरुको हौसला पनि बढाउन आफुहरु विद्यालयमा नै पुगी विद्यार्थीहरु सँग पनि अन्तरकृया गरिएको क्लवका अध्यक्ष सरस्वती सुवालले बताए । कार्यक्रममा लियो क्लव अफ दन्तकलीको पनि सहभागिता रहेको थियो । लायन्स क्लवका अग्रज अभिभावकहरु सँग समाजिक काममा सरिक हुँदा आफुहरुले धेरै कुरा सिक्ने मैका पाएकोमा लियो क्लव अफ दन्तकालीकी अध्यक्ष प्रसिका निरौलाले खुशी व्यक्त गरेकी थिईन । धरानमा रहेका सवै लाईन्स क्वल मिलेर विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको र धेरै गर्न नसकेपनि हैसला र प्रेरण दिनेकाममा आफुहरुले सहयोग गर्न सकेको विचार लाईन्स क्लव ३२५ ए आई प्रोमिसका एओजी मिना पुलामीले व्यक्त गरेका थिए । स्थानीय समुदायमा सेवा भावनाले काम गर्ने यस संस्थाको सम्पर्क र सम्बन्ध अन्तराष्ट्रिय स्तरमा भएको डिष्ट्रिक युथ चिफ टंक कुमारी गुरुङ्गले वताए । सदस्यहरुको सहयोगबाट सेवाको भावनाले विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने गरेमा यस फलफुल वितरण कार्यक्रमलाई सम्पन्न गर्न सदस्य प्रविण अग्रवालले सहयोग गरेको थियो । कार्यक्रममा डिष्ट्रिक एडभाईजर चित्रकुमारी राई, जोन चियर पर्सन निरज गुरुङ्ग लगायत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।