इटहरीः प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपभाेक्ता अधिकार बारे सचेत रहन अाग्रह गरेका छन् । कृषि मन्त्रालय अन्तर्गतकाे नेपाल लाइभ स्टक सेक्टर इनाेभेसन अायाेजनाले उपभाेक्ताहित सँरक्षण मञ्च प्रदेश एककाे सँयाेजकत्वमा इटहरीमा गरेकाे कार्यक्रममा घिमिरेले, सँविधानमा प्रदत्त माैलिक हकमा उपभाेक्ता अधिकार समेत रहेकाे हुँदा साे हककाे बारेमा जानकार रहनु नागरिककाे दायित्व रहेकाे बताए ।
तीनै तहका सरकारले नागरिककाे हक बारे बुझाउनुपर्ने बताए । खाद्य स्वच्छतालाइ ध्यान नदिए अाफ्नाे स्वास्थ्यकाे जाेखिम अाँफैले निम्त्याइ रहेकाे भन्दै पुस्ताण्तरणअनुसारकाे शिक्षामा विशेष जाेड दिनुपर्ने मन्त्री घिमिरेकाे भनाइ थियाे । उनले नागरिक राज्यकाे सम्पती भएकाे हुँदा स्वस्थ नागरिक बनाउने जिम्मेवारी सबैकाे भएकाे बताए । प्रदेश एक सरकारले स्वस्थ नागरिक कसरी बनाउने भन्ने बारे अभियान नै सँचालन गर्न लागेकाे जानकारी दिए ।
कार्यक्रममा दुइ कार्यपत्र प्रस्तुत गरिएकाे थियाे । खाद्य प्राविधिक केपी लम्सालले दुध र मासुजन्य खाद्य पदार्थकाे अस्वस्थ खानपानले स्वास्थ्यमा पार्ने जाेखिमका बारे सचेत गराएका थिए । त्यस्तै खाद्य प्रविधि कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्वुले खाद्य स्वच्छताकाे महत्वकाे बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा सुनसरी र माेरङका दुग्ध उत्पादक कृषक, डेरि सँचालक, बाख्रापालक किसान, उपभाेक्ता र हाेटल व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।