सुनसरीः विषादीकाे पहिलाे असर किसानलाइ पर्ने हुँदा खेती गर्दा विशेष सतर्क रहन किसानलाइ विज्ञले सुझाएका छन् । सुनसरीकाे झुम्काका किसानमाझ गरिएकाे अन्तर्किया कार्यक्रममा विषादी अाैषधी नभइ विष भएकाे हुँदा साेहिअनुसार व्यवहार गर्न विज्ञहरूले सचेत गराएका हुन् । 

पछिल्लाे समय बढ्दाे विषादी प्रयाेगले उत्पादन देखि उपभाेक्तासम्मलाइ असर पुर्याइ रहेकाे भन्दै नेपालमा समेत हरेक वर्ष विषादी प्रयाेगकाे दर बढिरहेकाे खाद्य प्राविधिक केपी लम्सालले जानकारी दिए । उनका अनुसार नेपालमा जथाभावी रूपमा विषादीकाे प्रयाेग हुँदा यस बारे कसरी प्रयाेग गर्ने भन्ने बारे किसानलाइ पहिलाे ज्ञानकाे अावश्यक रहेकाे लम्सालकाे भनाइ छ । देशका विभिन्न स्थानमा पुग्दा विषलाइ प्रयाेग गर्ने तरीका अनाैठाे रहेछ । उनले भने, कुच्चाेमा चाेबेर तरकारी एवम अन्य खाद्य वालिमा विषादी हाल्ने कामले त्यसकाे गम्भिर असर स्वयम किसानले भाेग्नुपर्छ ।

vlcsnap-2019-12-09-21h53m33s637

त्यस्तै प्लान्ट क्वारेन्टाइन काकडभिट्टाका प्रमुख हर्कहाङ राइले विषादीका विभिन्न प्रकार भएकाे हुँदा नेपाल सरकारले प्रतिवन्ध लगाएका विषादी प्रयाेग नगर्न अाग्रह गरे । उनले लुकिछिपि प्रतिबन्धित विषादी भित्रिरहेकाे भन्दै सचेत रहन अाग्रह गरे । साथै, राइले अहिले देशका प्रमुख नाकाहरूमा तरकारी एवम फलफुलकाे विषादीकाे मात्र जाँच हुने हुँदा देशभित्र उत्पादन हुने तरकारी फलफुललाइ पनि स्वच्छ र स्वस्थ रूपमा बजारसम्म पुर्याउनु सबैकाे दायित्व रहेकाे अाैल्याए ।

उपभाेक्ता हित सँरक्षण मञ्चका केन्द्रिय महासचिव बाबुराम हुमागाइले विषादी प्रयाेगकाे अवस्था भयावह भएकाे भन्दै धान तथा तरकारी उत्पादनकाे हव भएकाे सुनसरीकाे झुम्का रामधुनी नगरपालिकाले विशेष ध्यान पुर्याउन अावश्यक भएकाे बताए ।

रामधुनी नगरपालिकाकी उपमेयर सविना चाैधरीले किसानकाे स्वास्थ्य पहिलाे अावश्यकता भएकाे भन्दै स्वास्थ्य सचेता कार्यक्रमलाइ निरन्तरता दिने बताइन् । नगरपालिकाका मेयर जयप्रकाश चाैधरीले विषादी र किसानकाे सम्बन्ध लामाे समय देखि रहेकाे भन्दै यस्ता महत्वपुर्ण कार्यक्रममा नगरले विशेष प्राथमिकता दिने बताए । उने मञ्चसँग पुनः साझेदारी गरि किसान र उपभाेक्ताकाे हितमा कार्यक्रम सँचालन गर्ने बताए । vlcsnap-2019-12-09-21h30m52s660

प्लान्ट क्वारेन्टाइन एवम विषादी व्यवस्थापन केन्द्रकाे सहयाेगमा, उपभाेक्ता हित सँरक्षण मञ्च नेपालले अायाेजना गरेकाे साे कार्यक्रममा झुम्का क्षेत्रका ६० बढि किसानका सहभागीता रहेकाे थियाे ।