धरानःस्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफु भ्रष्टाचार नगर्ने र गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।
भ्रष्टाचार र कमिसनको खेलले स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरु कमजोर भएको बताउदै उनले कसैले एकपैसापनि खाएको पाएमा कारबाही गर्न कुनै कसर बाकी नराख्ने बताए । बुधबार धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका मन्त्री ढकालले प्रतिष्ठानको बिषयमा आएको गुनासोलाई सुन्ने तर भ्रष्टाचार र कमिसनको खेलोफड्को गर्नेलाई बाकी नराख्ने बताए ।
प्रतिष्ठानका पदाधिकारी,डाक्टर,कर्मचारी तथा स्थानीय अगुवाहरु सँग कुराकानी गर्दै मन्त्री ढकालले प्रतिष्ठानबाट सञ्चालन हुने अस्पताल सेवा तथा शैक्षिक कार्यक्रमहरुको गुणस्तर विकास गर्न तथा भौतिक पुर्वाधार विकास गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । मन्त्री ढकालले प्रतिष्ठानलाई विधि सम्मत तरिकाले सञ्चालन गर्ने जिम्मेवारी भने प्रतिष्ठानका पदाधिकारी र कर्मचारीको हुने बताए ।
प्रतिष्ठानको सहकुलपती समेत रहेका ढकालले अस्पताल जस्तो संबेदनशील क्षेत्रमा हुने गरेको राजनिती अन्य गर्नु पर्ने र जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवा प्रबाहमा सबैको ध्यान जानुपर्ने बताए । प्रतिष्ठानको समग्र विकास गर्न सरकार प्रतिबद्ध छ ,पदाधिकारी र कर्मचारीपनि प्रतिबद्ध भएर सेवामा लाग्नु पर्छ उनले भने ।
सरकारले स्वास्थ्य उपचारको क्षेत्रमा ल्याईरहेका कार्यक्रम प्रभाबकारी रुपमा जनताले नपाएको गुनासोहरु आईरहेको भन्दै उनले सबैलाई समान स्वास्थ्य सेवा विस्तारमा प्रतिष्ठानपनि लाग्नु पर्ने उनको धारण थियो ।प्रतिष्ठान १ नम्बर प्रदेशकै सुबिधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने र राष्ट्रिय गौरबको प्रतिष्ठानको रुपमा विकास गर्नु पर्ने उनको धारणा थियो ।
प्रतिष्ठानमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री ढकाललाई प्रतिष्ठानको अबस्थाबारे बुझाउदै कार्यबाहक उपकुलपती प्राडा गुरुप्रसाद खनालले प्रतिष्ठानमा मेडिकल उपकरण,आईसियु विस्तार,मातृशीशु भवन,मृगौला तथा मुटुरोगको भवन निर्माण जस्ता कार्यहरु चाडो सक्नुपर्ने अबस्था रहेको र यसमा सरकारको सहयोग आवश्यक भएको बताएका थिए । प्रतिष्ठानमा आईसीयु थप गर्न लाग्ने बजेट ब्यबस्था गरिदिन खनालले मन्त्री ढकाललाई आग्रह गरे ।
प्रतिष्ठानको भौतिक तथा स्वास्थय सेवालाई प्रभाबकारी तथा गुणस्तरिय रुपमा विस्तार गर्न प्रतिष्ठान तयार रहेपनि आवश्यक बजेटको अभाब तथा नितिगत कठिनाईका कारण नसकिएको कार्यबाहक उपकुलपती खनालले बताए ।
जवाफमा मन्त्री ढकालले यस विषयमा मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोग गर्ने बताएका थिए ।‘सबैमा इच्छा शक्ति र इमान्दारीताका साथ काम गर्ने अठोट हुने हो भने कुनैपनि कार्य गर्न कठिनाई हुदैन मन्त्री ढकालले भने ‘नितीगत अफ्ट्यारा र बजेटको ब्यबस्थापन गर्न सरकार सकारात्मक छ ।