इलामःइलाम नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुख पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरु १ दिन शोक बिदा दिइने निर्णय गरेको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले नगर प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालय वडामा रहेको शैक्षिक संस्थाहरुमा १ दिन शोक विदा दिने भएको हो । तर बहालवाला पदाधिकारीहरुको स्वभाविक मृत्यु भएमा मात्र उक्त शोक विदा दिने व्यवस्था रहेको नगरपालिकाका प्रबक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
त्यस्तै इलाम नगरपालिकाले नगर क्षेत्रका जेष्ठ दलित नागरिकलाई स्वास्थ्य वीमा गरिदिने भएको छ । शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले आगामी १ पुषदेखि लागू गरि पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । नगर क्षेत्रका ६० देखि ७० वर्षका जेष्ठ दलितहरुलाई स्वास्थ्य वीमा गरिदिने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नगपालिकाले कार्य्विधि विदा व्यवस्थि तगर्ने कार्य्विधि स्वीकृत गरी बढीमा ६ दिन स्थानीय सार्वजनिक विदा दिने भएको छ । “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्य्विधि, २०७६” स्वीकृत गरी विदा दिने निर्णय गरेको हो ।
त्यस्तै संघीय तथा प्रदेश सरकारले घोषणा गरेको विदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा १ वर्षमा ६ दिन भन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी विदा दिने कार्य्विधिमा उल्लेख छ ।
बैठकले आगामी २ पुसमा इलाम नगरपालिका १० गोदकस्थित लेप्चा जातिको बसोबास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । त्यसरीनै आगामी ६ देखि १७ पुससम्म जनताको घरदैलोमा पुगेर जनताका गुनासो संकलन गर्न ‘जनतासँग मेयर कार्यक्रम’ इलाम १२ वटै वडामा सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६१ बुँदे सुझावमा यसअघि पनि प्रचलित कानुनसम्मत ढङ्गबाटै काम भइरहेको र आगामी दिनमा समेत कानुनसम्मत ढङ्गबाटै कार्यहरु सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुझावहरुलाई कार्यान्वयन पक्षमा दृढताका साथ लागू गर्ने निर्णय गरेको छ ।
त्यस्तै भ्रमण वर्ष २०२० का क्रियाकलापहरु प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगरप्रमुख महेश बस्नेतको संयोजकत्वमा समितिको गठन गरेको छ । समितिकिा सदस्यमा नगरउपमुख सुशीला नेम्वाङ्ग, सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्य, राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, गैसस महासंघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष, पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष, मेची पर्यटन प्रवद्र्धन सरकोकार समितिका अध्यक्ष, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष, पर्यटन प्रवद्र्धन समिति इलाम नगरपालिकाका अध्यक्ष, नगर आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, यातायात व्यवसायीहरुको तर्पmबाट गृष्म सुब्बा र सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
त्यस्तै संघीय तथा प्रदेश सरकारले घोषणा गरेको विदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा १ वर्षमा ६ दिन भन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी विदा दिने कार्यविधिमा उल्लेख छ ।