धरानःपुर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पुर्वान्चल २०१९ मा प्रतिस्पर्धा गरिरहेको २० जना प्रतिस्प्रर्धीहरुले शुक्रबार धरानको फ्रेन्ड्स गार्डेनमा आफ्नो आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन् ।

सिजी ब्रुअरीको मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९को महत्वपुर्ण सब ( टाइटल पेप्सी मिस ट्यालेन्टमा अनुषा लिम्बु , बिपना तामांग , सिम्रन लिम्बु , रेश्मा राई र अस्मिता लिम्बुले कविता , एन्जल राई, सुष्मिता बराइली , निवेदिता राजभण्डारी , मिलिमा श्रेष्ठ , अनुपमा बस्नेत ,रेजिना राई , सिम्रन प्रधानले डान्स , निशा धिताल , अन्जु बुढाथोकीले अभिनय , गोमा बिस्वकर्माले स्पीच , शशि बिशंखे , वर्षा श्रेष्ठ , स्वेता पोख्रेलले गीत र रिजु भट्टराईले चित्रकला प्रस्तुत गरेका थिए ।
मिस ट्यालेन्टको जजहरुमा बराह ग्रुपका प्रदेश न . १ सचिवालय संयोजक तथा बरिस्ट प्रशासकीय अधिकृत गंगा कालिकोटे , ब्लास्ट दैनिकका समाचार सम्पादक देबेन्द्र कार्की , सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल , नृत्य निर्देशक निका मोक्तान , र मिस पुर्वान्चल २०१७ रुबी लिम्बु रहेका थिए ।
आगामी पौष ५ गते हुने दसौ मिस पुर्वान्चलको फिनालेमा पेप्सी मिस ट्यालेन्टको घोसणा गरिनेछ ।