मोरङःअङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने बताउँदै नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागिएको हुँदा देशभरमा पाँच हजार शिक्षक भर्ना गर्ने तयारी थालिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
प्रेस सङ्गठन नेपाल मोरङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने बताए । उनले शिक्षा नीति बनिसकेकोले अब त्यसैको आधारमा नयाँ कानुनहरु बन्दै जाने भएकोले स्कुललाई जागिर मात्र खाने ठाउँ बनाउनेहरुको दिन समाप्त भैसकेको वताए ।
उनले भने, ‘सही शिक्षा नीतिको अभावमा देशका सरकारी बिद्यालयहरु बेरोजगार शैक्षिक जनशक्त्ति उत्पादन गर्ने रुग्ण शैक्षिक उद्योगहरु जस्तो मात्र भैरहेकोले सरकारले सार्थक शिक्षाको सवलीकरणमा जोड दिन लागेको हो ।’ उनले त्यसका लागि १ लाख ५२ हजार शिक्षकको दरबन्दि स्विकृत भैसकेको र ५ हजार थप नयाँ शिक्षकहरु थप्न लागेको जानकारी गराए ।
देशमा राजनैतिक क्रान्ति भएपनि शिक्षामा क्रान्ति हुन नसक्ने दक्ष जनशक्त्ति प्राप्त हुन नसकेकोले अब सरकारले समान्य हैन प्राबिधिक शिक्षामा जोड दिन गैरहेको जानकारी गराए । उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै वि.सं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको हुँदा सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे ।
मन्त्री पोखरेले सरकारले बिकासको गतिलाई तीब्र रुपले आगाडी बढाउनकै लागि शिक्षलाई बिकाससँग जोडेर दिर्घकालिन शिक्षा नीति निर्माण गरिसकेको जानकारी गराए । उनले भने, ‘सरकारको शिक्षा नीतिकै आधारमा अबको दश बर्ष भित्र देशमा सामुदायिक शिक्षा प्रणालीको गुणस्तर सबै भन्दा आगाडी हुनेछ ।’ २०७५ सम्ममा देशमा आधारभुत शिक्षा नलिने कोही नहुने दाबी गर्दै सरकारले निर्माण गरेको शिक्षा नीतिले आधाभुत शिक्षा नलिने व्यक्तिले बैक खाता खोल्न र स्थानिय सरकारको सुबिधा समेत नपाउने बताए