इलामःइलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकिय क्षेत्र इलामको सन्दकपुरमा हिउँ परेको छ । सन्दकपुर गाउँपालिकाको ४ नम्वर वडा सन्दकपुर, ५ नम्वर वडाको जौवारी, बिखे लगायतका स्थानमा बाक्लो रुपमा हिमपात भएको हो ।
हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण स्थानियलाई दैनिक गर्दै आएका काम गर्न असजह भएको स्थानीय दिनेश ढकालले बताए । लेकाली क्षेत्रमा हिउँ परेपछि गाईबस्तुलाई घाँस काट्न र लाउन कठिनाई भएको किसानहरुको भनाई छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धलाई एकदमै कठिन भएको छ ।
सन्दकपुर ३६ सय ३६ फिट उचाईमा रहेको सन्दकपुर भारतसँग सिमा जोडिएको क्षेत्र हो । हिउँका कारण पर्यटकलाई खाना खुवाउन र बसाउन समस्या भएको व्यवसाहीको भनाई छ ।